1 month ago
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् ।
क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् ।
मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई ५० हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।
एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]