1 month ago
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को साता सुरु हुने काभा महिला यु १९ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भोलि त्यसतर्फ जाने भएको छ।
नेपाल भलिबल संघले आज आयोजना गरेको कार्यक्रममा नव नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले टोलीको बिदाइ गरे ।
नेपालसहित ४ राष्ट्रको सहभागिता कात्तिक १८ देखि २३ (नोभेम्बर ४-९) सम्म च्याम्पियनसिप आयोजना हुनेछ।
गत वर्ष भएको महिला यु २० च्याम्पियनसिपमा भन्दा यसपटक लामो समयको तयारी भएकाले सुखद नतिजाको अपेक्षा राखिएको टोलीका मुख्य प्रशिक्षक कुमार राईले बताए । उनको प्रशिक्षणमा यु २० टोलीले गत वर्ष कास्य पदक जितेको थियो।
टोलीकी कप्तान जेनिशा विश्वकर्माले पनि यसपटक गत वर्षको भन्दा सफल नतिजा आउने आशा राखेको बताइन् । टोलीले झन्डै डेढ महिना काभाको तयारी गरेको थियो।
टोलीको बिदाइ गर्दै मन्त्री गुप्ताले भलिबलको कभर्ड हलका लागि लैनचौरमा रहेको स्काउटको जग्गा लिने विषयमा छलफल भइरहेको बताए।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]