default_image

2 weeks ago

November 1, 2025

सत्यज्योतलाई द हिमालयन स्विङ गल्फ उपाधि

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सत्यज्योत जंगबहादुर राणाले ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

रोटरी क्लब अफ हिमालयन गोल्फर्स (आरसिएचजी) ले ‘गल्फ फर अल’ अन्तर्गत नेपालमा उदाउँदै गरेका महिला गोल्फ खेलाडीको प्रतिभा विकास र प्रवर्द्धनका लागि आयोजना गरिएको थियो।

गोकर्णा फरेस्ट रिसोर्ट गल्फ क्लबमा आज भएको प्रतियोगितामा सत्यज्योतले ४४ स्टेबलफोर्ड अंकसहित उत्कृष्ट प्रदर्शन गर्दै विजेता बने।

रोविन राणा ३६ अंकसहित उपविजेता बने। फुन्तसोक एन. लामाले ३५ ग्रस स्कोरसहित ‘बेस्ट ग्रस अवार्ड’ जिते र ६ वटा बर्डी बनाएर ‘मोस्ट बर्डिज अवार्ड’ पनि हात पारे।

६० वर्ष माथि मंगोलियाका मानार्थ कन्सुल टि. जी. श्रेष्ठले ३१ अंकका साथ ट्रफी जिते । अनिरुद्ध सिंह २९ अंकसहित दोस्रो भए।

महिला खेलाडीमा ‘गल्फ फर अल’ छात्रवृत्ति प्राप्त
गरेकी अवनी राईले ३२ अंकसहित विजयी भइन् । सम्झना खत्री ३१ अंकसहित दोस्रो भइन् ।

रोटेरियन खेलाडीमा रविन्द्र तिवारी विजेता बने । विपना श्रेष्ठले ‘क्लोजेस्ट टु द पिन’ र सोम गुरुङले ‘लङ्गेस्ट ड्राइभ’ पुरस्कार पाए।

स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप ढाँचामा १८ होलमा भएको प्रतियोगितामा ८ महिला सहित १ सय ३ गल्फरको सहभागिता थियो।

उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय, संसदीय मामिला, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल कुमार सिंह,आरसिएचजीका अध्यक्ष मेजर दमन घरलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।

प्रतियोगितालाई शिखर इन्स्योरेन्स , भाटभटेनी सुपरमार्केट , सुमित एयर , फिस्टेल एयर , मातृका आई, स्टार एलायन्स , हार्भेस्ट मुन र बिवाइडी नेपालले प्रायोजन गरेका थिए।

November 14, 2025

सानदार पुनरागमनमा काठमाडौं विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]

November 14, 2025

नेपालले महिला कबड्डी विश्व कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको‌ छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित  बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]

November 13, 2025

काठमाडौंले सेट गुमाएपछि ललितपुर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]

Success

Thank you for your time.