4 weeks ago
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ।
पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ।
लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र अर्को खेलमा कर्णाली यशविस र ललितपुर हुनेछ। कर्णाली र ललितपुर बीच नै शनिवार फाइनल हुनेछ।
काठमाडौंले ४ खेलमा ६ सेट जितेर ८ सेट हारेको थियो। ललितपुले ४ खेलमा ९ सेट जित्दा ३ खेलमा पराजित भएको थियो। लिगको अन्तिम खेलमा सोझो सेटमा गुमाए पनि फरक पर्ने छैन।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काठमाडौंको जितमा उषा भण्डारीको प्रदर्शन उत्कृष्ट रह्यो। पहिलो सेट २५-१९ ले जित्दै काठमाडौंले १-० को स्पष्ट अग्रता बनायो।
यही प्रदर्शनलाफ काठमाडौंले दोस्रो सेटमा निरन्तरता दियो। सहजै दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै २-० को स्पष्ट अग्रता बनायो।
तर तेस्रो सेटमा काठमाडौंमाथी पोखराले दबाब बनायो। तेस्रो सेटमा पोखराले निरन्तर अंक जोड्यो। बिना दबाब पोखराले २५-१२ ले तेस्रो सेट जित्यो। खेलमा फर्कने संकेत पनि देखायो।
यसपछि चौथो सेटमा यो लयलाफ निरन्तरता दिन सकेन। काठमाडौंले २५-१८ ले चौथो सेट जित्दै ३-१ को जितमा ३ अंक जोडेको छ।
योसँगै ४ खेलबाट ६ अंक बनाएको काठमाडौं लिगको तेस्रो स्थानमा उक्लिएको छ। पोखराको भने यो चौथो हार हो। ४ अंक सहित यो पटकको इडब्लुभी सकाएको छ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]