3 weeks ago
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ।
पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ।
लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र अर्को खेलमा कर्णाली यशविस र ललितपुर हुनेछ। कर्णाली र ललितपुर बीच नै शनिवार फाइनल हुनेछ।
काठमाडौंले ४ खेलमा ६ सेट जितेर ८ सेट हारेको थियो। ललितपुले ४ खेलमा ९ सेट जित्दा ३ खेलमा पराजित भएको थियो। लिगको अन्तिम खेलमा सोझो सेटमा गुमाए पनि फरक पर्ने छैन।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काठमाडौंको जितमा उषा भण्डारीको प्रदर्शन उत्कृष्ट रह्यो। पहिलो सेट २५-१९ ले जित्दै काठमाडौंले १-० को स्पष्ट अग्रता बनायो।
यही प्रदर्शनलाफ काठमाडौंले दोस्रो सेटमा निरन्तरता दियो। सहजै दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै २-० को स्पष्ट अग्रता बनायो।
तर तेस्रो सेटमा काठमाडौंमाथी पोखराले दबाब बनायो। तेस्रो सेटमा पोखराले निरन्तर अंक जोड्यो। बिना दबाब पोखराले २५-१२ ले तेस्रो सेट जित्यो। खेलमा फर्कने संकेत पनि देखायो।
यसपछि चौथो सेटमा यो लयलाफ निरन्तरता दिन सकेन। काठमाडौंले २५-१८ ले चौथो सेट जित्दै ३-१ को जितमा ३ अंक जोडेको छ।
योसँगै ४ खेलबाट ६ अंक बनाएको काठमाडौं लिगको तेस्रो स्थानमा उक्लिएको छ। पोखराको भने यो चौथो हार हो। ४ अंक सहित यो पटकको इडब्लुभी सकाएको छ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]