default_image

4 weeks ago

November 14, 2025

नेपालले महिला कबड्डी विश्व कप खेल्ने

684 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको‌ छ।

शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित  बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र सहभागिता रहेको बताइएको छ  नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालले पहिलो खेल सोमवार खेल्ने छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठलगायतले टोलीलाई आज बिदाइ गरे।

नेपाली टोली –  मनमती विष्ट ( कप्तान),जयन्ती बडु,बिना चौधरी आशिका कान्वार ,गंगा घिमिरे ,मीना नेपाली ,मैनुका कुमारी राजबंशी ,सृजना कुमारी थारू, उरुषा शाक्य ,मनिषा जोशी ,अस्मा यादव ,बिनिता पण्डित क्षेत्री ,सञ्जु थामी ,सृजना धनुक ।

बिष्णुदत्त भट्ट (मुख्य प्रशिक्षक),हरिना थापा (सहायक प्रशिक्षक), शरद दर्शन्धारी (व्यवस्थापक) ,रमेशचन्द्र ओझा ( प्राविधिक अधिकृत)

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.