default_image

3 weeks ago

November 14, 2025

नेपालले महिला कबड्डी विश्व कप खेल्ने

660 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको‌ छ।

शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित  बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र सहभागिता रहेको बताइएको छ  नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालले पहिलो खेल सोमवार खेल्ने छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठलगायतले टोलीलाई आज बिदाइ गरे।

नेपाली टोली –  मनमती विष्ट ( कप्तान),जयन्ती बडु,बिना चौधरी आशिका कान्वार ,गंगा घिमिरे ,मीना नेपाली ,मैनुका कुमारी राजबंशी ,सृजना कुमारी थारू, उरुषा शाक्य ,मनिषा जोशी ,अस्मा यादव ,बिनिता पण्डित क्षेत्री ,सञ्जु थामी ,सृजना धनुक ।

बिष्णुदत्त भट्ट (मुख्य प्रशिक्षक),हरिना थापा (सहायक प्रशिक्षक), शरद दर्शन्धारी (व्यवस्थापक) ,रमेशचन्द्र ओझा ( प्राविधिक अधिकृत)

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.