4 weeks ago
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ।
पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने
शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। कान्तिपुर म्याक्सले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ भने सुश्री मिडियाले मार्केटिङ तथा प्रमोशन व्यवस्थापन गर्नेछ।
प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय , दोस्रो टोलीले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ तथा उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले समान ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन्।
टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माका अनुसार, टाइगर कप मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट क्लबको सहभागिता रहने, जसले प्रतिभा विकासमा योगदान पुर्याउने र पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताएका छन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]