default_image

3 weeks ago

November 15, 2025

पोखराको टाइगर कप भलिबल माघमा

860 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ।

पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने
शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। कान्तिपुर म्याक्सले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ भने सुश्री मिडियाले मार्केटिङ तथा प्रमोशन व्यवस्थापन गर्नेछ।

प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय , दोस्रो टोलीले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ तथा उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले समान ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन्।

टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माका अनुसार, टाइगर कप मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट क्लबको सहभागिता रहने, जसले प्रतिभा विकासमा योगदान पुर्‍याउने र पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताएका छन्।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.