4 weeks ago
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ।
मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ।
मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई बिदाइ गरेका छन् ।
टोलीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ।
इम्पायर ट्राभल्स एन्ड टुर ट्राभल पार्टनर रहेको टोलीको जी स्पोर्टस होम किट पार्टनर, डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनर रहेको छ।
नेपाली टोली -विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर,
कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह
, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोइराला
टोली प्रमुख – राजन गौतम
व्यवस्थापक – कौशल ज्ञवाली
सहायक व्यवस्थापक- हिरामणी नेपाल
प्रशिक्षक/ खेलाडी को -अरुण तिमल्सिना
ट्रेनर – बेनु कुमार राई
मिडिया अफिसर- सन्दीप रिजाल
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]