3 weeks ago
November 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा आज अर्को सफलता प्राप्त गरेको छ।
आज भएको खेलमा नेपालले केन्यालाई २८-२१ ले हराएको छ। नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो।
ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको थियो।
त्यसअघि हिजैकै खेलमा नेपालले पोल्याण्ड टोलीमाथि ६३-२५ को सानदार जित निकालेको थियो।

नेपालले पहिलो खेलमा भने खेलमा जन्जिबारलाई ५८–१६ ले पराजित गरेको थियोे। नेपालले आज केन्यासँग खेल्नेछ।
४ खेलपछि नेपाल ६ अंकसहित समूहको दोस्रो स्थानमा छ। ३ खेल जितेको इरान शीर्ष स्थानमा र दुबै खेल जितेको चाइनिज ताइपे तेस्रो, जन्जिबार चौथो, केन्या पाँचौं र पोल्याण्ड छैंटौं स्थानमा छ। अर्को समूहमा भारत शीर्ष र बंगलादेश दोस्रो स्थानमा छ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]