2 weeks ago
December 3, 2025
हिमाल खरेल, बिर्तामोड
अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् ।
हिजो बिर्तामोडमा सार्वजनिक लिग तथा नकआउट खेलको तालिकाअनुसार पहिलो खेल नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । दिउँसो २ः३० बजे दोस्रो खेल न्यु डायमन्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछ ।
मंसिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, सोही दिन दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मंसिर २० गते पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मंसिर २१ गते हुनेछ ।

प्रतियोगितामा लागि अर्जुनधारा-६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । कोर्टका लागि म्याटको अभावमा मैदानलाई स्तरोन्नति गरिएको विद्यालयका अध्यक्ष वीरबहादुर राईले बताए ।
विद्यालय परिसरमै १ हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक हुन लागेको छ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]