4 days ago
December 3, 2025
हिमाल खरेल, बिर्तामोड
अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् ।
हिजो बिर्तामोडमा सार्वजनिक लिग तथा नकआउट खेलको तालिकाअनुसार पहिलो खेल नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । दिउँसो २ः३० बजे दोस्रो खेल न्यु डायमन्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछ ।
मंसिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, सोही दिन दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मंसिर २० गते पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मंसिर २१ गते हुनेछ ।

प्रतियोगितामा लागि अर्जुनधारा-६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । कोर्टका लागि म्याटको अभावमा मैदानलाई स्तरोन्नति गरिएको विद्यालयका अध्यक्ष वीरबहादुर राईले बताए ।
विद्यालय परिसरमै १ हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक हुन लागेको छ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]