default_image

7 years ago

December 18, 2018

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी सम्मानित

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार सम्मानित भएका छन् । सानेपाको रेडियन्ट रिडर्स एकेडेमीले केसीलाई सम्मान गरेको हो ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले केसीलाई सम्मान गरेका थिए ।

उनलाई १० हजार रुपैयाँ समेत दिइएको थियो । केसीले १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कांस्य जितेका थिए । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको त्यो पहिलो पदक थियो ।

 

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.