default_image

7 years ago

December 25, 2018

स्वर्णधारी महेश्वरलाई थाइ नेपाली संघको सम्मान

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको चाङमइमा गतसाता सम्पन्न दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई थाइ नेपाल संघले सम्मान गरेको छ ।

बैंककको होलिडे होटलमा आयोजित कार्यक्रममा संघले महेश्वरलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । संघका अध्यक्ष कुमार कार्कीले आफू जहाँ रहेपनि नेपालको जितले खुशी भएर सम्मान गरेको बताए ।

१२ खेलाडी सहभागी स्पर्धामा महेश्वरले भारत र सिंगापुरका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । उक्त स्पर्धामा भारत दोस्रो र सिंगापुर तेस्रो भएका थिए ।

महेश्वरले सन् २०१६ मा भूटानमा भएको ५० औं एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्समा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

महेश्वर नेपालको प्रतिष्ठित धर्मश्रीको १३औं संस्करणमा च्याम्पियन तथा १४औं र १५औं संस्करणमा उपविजेता भएका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.