default_image

7 years ago

December 25, 2018

स्वर्णधारी महेश्वरलाई विमानस्थलमा भव्य स्वागत

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वव्यापी शारीरिक सुगठन प्रतियोगिताको स्वर्णपदक विजेता महेश्वर महर्जन मंगलबार स्वदेश फर्किएका छन्  । थाइल्यान्डमा एक साताअघि सम्पन्न प्रतियोगिताको १०औं संस्करणको ७५ केजी तौल समूहमा स्वर्ण जितेका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरियो ।

महेश्वरलाई स्वागत गर्न राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, संघका पदाधिकारीलगायत सयौं समर्थकहरु विमानस्थलमा पुगेका थिए । महर्जनले नेपाललाई स्वर्ण दिलाएको क्षण अविस्मरणीय रहेको बताए । ‘मैले विश्व च्याम्पियन बन्ने सपना देखेको थिएँ । त्यो पूरा भएको छ । तर आफ्नो देशको नाम उच्च बनाउन पाएपनि पदक जित्दाको क्षण एक्लो महसुस गरे । त्यसले मलाई भावुक बनायो,’ महेश्वरले भने, ‘देशको लागि पदक जितिरहँदा मैले आफूलाई एक्लो भएको महसुस गरें पाए । पदक थाप्दा नेपालको झन्डा बोक्न पाउँदा निकै भावुक भएँ ।’

महेश्वरले विमानस्थलमा भव्य स्वागत पाउँदा खुसी लागेको बताए । ‘ आज स्वागतका लागि यति धेरै समर्थक आउनुभएको छ । मलाई एकदमै खुशी लागेको छ । सबैको साथ र सहयोगले नै मैले यो सफलता हासिल गरेको हो,’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले पदक विजेता महेश्वरको सफलताको उच्च कदर गर्दै सरकारसमक्ष पुरस्कारका लागि पहल गर्ने पनि बताए । नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्णधारी महर्जनलाई उचित सम्मान गर्नुपर्ने बताए । श्रेष्ठले व्यक्तिगत रुपमा महर्जनलाई तीन लाख रुपैयाँले पुरस्कृत गर्ने पनि बताए ।

महेश्वरले आफ्नो तौल समूहमा १२ देशका खेलाडीलाई पछि पार्दै स्वर्णपदक जितेका थिए । महेश्वरले स्वर्ण जित्दा भारतका खेलाडी दोस्रो तथा सिंगापुरका खेलाडी तेस्रो भएका थिए । महेश्वरले यसअघि भुटानमा सम्पन्न ५०औं एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्णपदक जितेका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.