default_image

7 years ago

May 26, 2019

पल्सर स्पोर्टस अवार्ड असार तेस्रो साता

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –पल्सर स्पोर्ट्स अवार्ड २०७५ असारको तेस्रा साता आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्डको १५ औं संस्करण असार १७ (जुलाई २) गते आयोजना गर्ने आइतबार एक कार्यक्रमका बिच मञ्चले जनाएको छ । जुलाई २ अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस पनि हो ।

अवार्ड विभिन्न ९ विद्यामा दिइदै आएको छ । अवार्ड आयोजनाका लागि अध्यक्ष देवेन्द्र सुवेदी संयोजक, महासचिव प्रज्वल ओली सदस्य सचिव तथा मञ्चका सबै सदस्य सदस्य रहने गरि मुल समारोह समिति गठन गरिएको मञ्चले जनाएको छ ।

कार्यक्रममा कार्यक्रमको मुख्य प्रायोजक पल्सर मोटरसाइकलसँग सम्झौताबारे पनि जानकारी दिइयो । यसपटक पल्सरले २८ लाख ५० हजार रुपैयाँ बराबर नगद र‌ जिन्सी प्रायोजन गर्नेछ ‌।

पल्सरको आधिकारिक विक्रेता हंसराज हुलासचन्दका निर्देशक अभिमन्यु गोल्छाले खेल र खेलकर्मीलाई प्रोत्साहन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बारे चर्चा गरे ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड , पारा एथलेट अवार्ड र लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा , प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि ५ /५ जनाको मनोनयन सार्वजनिक गर्ने परम्परा छ । यसपटक स्पेशल अवार्डमा मनोनयन गर्ने र नयाँ विधाका रुपमा अन्तर्राष्ट्रिय एसियन पत्रकार अवार्ड पनि प्रदान गरिनेछ ।

बाँकी तीन अवार्डका विजेता कार्यक्रमकै दिन सार्वजनिक गर्ने प्रचलन छ । खेलाडी छनोटका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ ।

२०५४ सालमा बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई सम्मान गरेर सुरु भएको एनएसजेएफ स्पोर्टस नेपाली खेलकुदको प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ ।

२०६० यता निरन्तरत आयोजना भएको अवार्ड २०७२ वैशाख १२ को भूकम्पका कारण एक वर्ष भने स्थगित गरेको थियो । अवार्डलाई अन्तराष्ट्रिय स्तरमा समेत एआइपीएस एसियाले समेत बार्षिक कार्यक्रमको रुपमा समावेश गरेको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.