पोखरा (हाम्रो खेलकुद)-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगमी २४ जेठमा टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड हुँदैछ ।

मञ्चले यसपालि विभिन्न ८ विधामा स्पोर्टस् अवार्ड प्रदान गर्ने विहीवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दियो । अवार्डमध्ये बतास ब्रदर्श प्रालिको प्रायोजनमा वर्ष खेलाडी पुरुषलाई मोटरसाइकल र वर्ष खेलाडी महिला खेलाडीलाई विगो स्कूटर प्रदान गरिनेछ ।
यसैगरी, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उदियमान खेलाडी अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड, वर्ष उत्कृष्ट खेल संस्था अवार्ड, वर्ष पपुलर प्लेयर अवार्ड र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गरिने प्रचार संयोजक विजय नेपालले जानकारी दिए ।
बतास ब्रदर्श प्रालिका प्रबन्धक सन्तोष पोखरेलले जिल्लास्तरबाट प्रदेशस्तर भएको अवार्ड कार्यक्रमको भव्य सफलताको कामना गरे । ‘समृद्धिका लागि खेलकुद’ नाराका साथ हुने सो अवार्ड गण्डकी प्रदेशकै प्रतिष्ठित अवार्डको रुपमा चर्चित छ ।