7 years ago
June 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले अर्को महिना आयोजना गर्ने बजाज पल्सर स्पोर्टस अवार्डलाई किरण सु म्यानु फ्याक्चररको गोल्डस्टारले मुख्य सह प्रायोजन गरेको छ ।

मञ्चले एक वर्षका लागि गोल्डस्टारसँग करिब ११ लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो । जसमा ८ लाख रुपैयाँ नगद र बाँकी किरण सुका उत्पादन ३ लाख रुपैयाँ बराबरको रहनेछ । शुक्रबार आयोजित कार्यक्रममा किरण सु कि निर्देशक विदुषी राणा र मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले हस्ताक्षर गरे ।
।

पल्सर स्पोर्टस अव पावर्ड बाई गोल्ड स्टार रहनेछ । अवार्डको विभिन्न १० विधाको विजेता र मनोनयन पर्नेले गोल्ड स्टारको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
सम्झौतासँगै निर्देशक राणाले नेपालको नम्बर वान जुत्ताको ब्यान्ड गोल्डस्टार खेलकुदको ठूलो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । मञ्चका अध्यक्ष सुवेदीले अवार्डको तयारी निरन्तर अघि बढिरहेको उल्लेख गर्दै गोल्डस्टार अवार्डका लागि सहकार्य गरेका धन्यवाद दिए ।
अवार्डमा रहेका १० विधा मध्ये पिपल्स च्वाइसको मनोनयमा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक भइसकेको छ । ४ विधाका मनोनयन केहि दिनमा सार्वजनिक गरिने बताएएको छ । अवार्डको १६औं सस्करण असार १७ असार गते राजधानीमा आयोजना हुदैछ ।
अवार्डलाई हंसराज हुलास चन्द एन्ड कम्पनीले मुख्य प्रायोजन गरेको छ । त्यस्तै गोल्ड स्टार पावर्ड बाइ रहेको अवार्डमा सूर्य नेपाल प्राली, रोयल सिंगी होटल, रुस्लान फुटबल, स्पोर्टस वेयर ब्रान्ड केल्मीको आधिकारिक विक्रकेट कामारु ट्रेडिङ, टाइमेक्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी सह प्रायोजक रहेका छन्
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]