default_image

5 years ago

June 10, 2019

प्रशिक्षक राणा प्रशिक्षणका लागि भुटान जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा भुटान जाने भएका छन् । भुटान एम्योच्योर एथलेटिक्स संघको निमन्त्रणमा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्न राणा भुटान जान लागेका हुन् । अन्तर्राष्ट्रिय एम्योच्योर एथलेटिक्स महासंघका (आईएएएफ) लेभल टु लेक्चरर राणाले भुटानका एथलेटिक्स प्रशिक्षकहरुलाई जेष्ठ २९ देखि आषाढ […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा भुटान जाने भएका छन् ।

भुटान एम्योच्योर एथलेटिक्स संघको निमन्त्रणमा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्न राणा भुटान जान लागेका हुन् । अन्तर्राष्ट्रिय एम्योच्योर एथलेटिक्स महासंघका (आईएएएफ) लेभल टु लेक्चरर राणाले भुटानका एथलेटिक्स प्रशिक्षकहरुलाई जेष्ठ २९ देखि आषाढ ५ गते सम्म छोटो तथा लामो दूरीका बारेमा बिविध प्रशिक्षण प्रदान गर्नेछन् ।

आईएएएफको लेभल टु प्रशिक्षक प्रशिक्षण (लेक्चरर) कोर्ष उत्तीर्ण गरेका राणाले यस अघि पनि उत्तरकोरिया लगायत विभिन्न राष्ट्रमा आईएएएफले संचालन गरेको प्रशिक्षक प्रशिक्षणमा प्रशिक्षण प्रदान गरिसकेका छन् । राणा मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.