default_image

5 years ago

June 20, 2019

राई राष्ट्रिय टिम तयारी निर्देशक नियुक्त

काठमाडौं(हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन् । खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि असार ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ । २०५२ […]

34 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन् ।

खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि असार ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङ्गबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वितीय श्रेणीको रुपमा बरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नती भएका थिए ।

यस्तै काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहेको अवस्थामा राईलाई तत्कालिन सदस्य सचिव युवराज लामाको समयमा २०७२ सालमा तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकमा पदोन्नती गरिएको थियो । २०७४ साल देखि राई नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत रहेका थिए ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.