6 years ago
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुस्ती संघको विवाद पुनः बल्झिने सम्भावना बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन कुस्ती संघको पूर्नगठन गरेको जानकारी राखेपले सोमबार पत्रकार सम्मेलनमार्फत गराएको छ ।

राज माहेम्मद मिया अन्सारी अध्यक्षको अध्यक्षतामा राखेपले असार ९ गते संघ पूर्नगठन गरेको बताइएको छ । पूर्नगठित संघले राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको प्रमुख आतिथ्यतामा असार १५ गते संघको बैठक बसेको सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अर्का तिर कार्यकाल सकिएकोले निर्वाचनको स्वीकृति माग गर्दा निर्वातमान सदस्य सचिव विष्टले नियतवश नदिएको दाबी गर्दै कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले राखेपको निर्णय विरुद्ध अदालत जाने बताएका छन् ।
‘संघ र परिषदबीच चुनाव गर्ने विषयमा सहमति भएको थियो । तर, एकाएक पछि उहाँले हामीलाई चुनाव गर्न स्वीकृति दिनु भएन । असार ७ गतेका लागि निर्वाचन गर्ने तयारी गरेका थियौं । स्वीकृति नपाएपछि चुनाव हुने वातावरण नै भएन ’ राणाले भने, ‘पछि सदस्य सचिव विष्टले आफ्नो कार्यकालको अन्तिम दिन ९ गते सुटुक्क निर्वाचनको लागि स्वीकृति दिनु भएछ । हामीलाई निर्वाचन गराउन नसकेको भन्दै संघको पुर्नगठन भएको सुने । यो कतिसम्मको न्यायको विषय हो ।’

राणाले संघलाई नेकपामय बनाउन काम भएको आरोप पनि लगाएका छन् । राखेपको पूनगर्ठनको विरुद्धमा मंगलबार अदालत जाने समेत बताए । पूर्नगठित संघको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षमा मनोहर रायमाझी र बसन्त भण्डारी रहेका छन् ।
महासचिवमा रिता कोइराला, सचिवमा साहिल अन्सारी र कोषाध्यक्षमा जफरुल्ला मिया मन्सुरी रहेका छन् । सदस्यमा ललन प्रसाद यादव, जिनत अन्सारी, डा।पर्मरचन्द्र सेन, सानु लामा, निसा अहमद खान, जुनैद इद्रीसी, सलामत राइन र नन्दलाल यादव छन् ।
यसअघि कुस्तीको दुई संघ अस्तित्वमा थियो । राणा अध्यक्षमा रहेको संघलाई राखेपको मान्यता थियो । अन्सारी नेतृत्वको संघलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को मान्यता थियो । तीनै अन्सारीको नेतृत्वमा राखेपले अहिले कुस्ती संघ पूर्नगठन गरेको छ ।
राणा नेतृत्वको संघले असार पहिलो साता पत्रकार सम्मेलन गर्दै संघको चुनावी साधारण सभालाई राखेपले पटकपटक पहल गर्दा पनि स्वीकृती नदिएको आरोप लगाएको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]