6 years ago
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भौतिक पूर्वाधार निर्माण गति सुस्त भएपनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सागलाई सफलत बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका छन् । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना गर्ने तय छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित १३ औं साग सचिवालयले सोमबार आयोजना गरेको सागका सहभागी २७ संघका पदाधिकारीसँग अन्तरक्रियामा मन्त्री विश्वकर्माले भने– ‘साग नेपालबाटै सुरु भएको गर्विलो इतिहास छ । यसलाई कायम राख्न हामी सबै प्रयास गर्न जरुरी छ ।’
मन्त्री विश्वकर्माले सागका लागि मुख्य चुनौती हिटिङ पौडी पोखरी भएको बताउँदै पूरै सामाथ्र्य प्रयोग गरेर काम सम्पन्न गर्ने बताए । उनले ५/७ दिनमा सागको कार्यविधि आउने बताउँदै आवश्यकता अनुसारको उपसमिति पनि गठन गरिने बताए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नवनिर्मित अडिटोरियम हलमा भएको कार्यक्रममा सागमा समावेश खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकहरुको सहभागिता थियो ।
त्यस अवसरमा सहभागीहरुले खेल स्थल, प्रशिक्षण स्थल, खेल सामाग्री, वैदेशिक प्रशिक्षण, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनु पर्नेलगायतका विषयमा सुझावसहितको आ–आफ्नो धारणा राखेका थिए ।
संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागलाई भब्यताका साथ सम्पन्न गर्नु सबै नेपालको दायित्व र जिम्मेवारी भएको बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालकै कारण साग नरोकिने बताउदै वर्तमान सदस्य–सचिवको कार्यशैली प्रशंसनीय रहेको बताए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठासंग जोडिएको सागलाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझावलाई कार्यन्वयन गर्नेतर्फ केन्द्रीत हुने बताउदै सागलाई परिणामुखी बनाउन प्रयासरत रहने बताए । उनले प्रत्येक खेलको निरीक्षण गर्ने बताए ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो विभाग मातहत रहेका खेल पूर्वाधार आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताउदै सागमा सहभागी हुने टोलीको सुरक्षाका विषयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]