6 years ago
July 16, 2019
प्रकाश तिमल्सिना
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा नेपाल ओलम्पिक कमिटि (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको निर्वाचन दुई महिना पछि हुने भएको छ ।

एनओसीको गत साता बसेको कार्य समिति बैठकले ४ वर्षे कार्यकालका लागि सेप्टेम्बरमा निर्वाचन तय गरेको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । यद्दपी त्यसका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले मिति स्वीकृत गर्नुपर्ने श्रेष्ठले जनाए ।
नेपालले आयोजना गर्ने १३ औं साग मंसिर १५ देखि २४ गते सम्मका लागि तय छ । अहिले नेपालले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पनि नेतृत्व गरिरहेको छ । ‘यसअघिको निर्वाचन सेप्टेम्बरमा भएकोले हामीले त्यहि अनुरुप आइओसी र ओसीएमा पत्रचार गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भने,‘अब उताबाट आउने मितिमा हाम्रो निर्वाचन हुनेछ ।’
संघिय सांसद श्रेष्ठको अध्यक्षतामा असार २५ गते बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त एनओसीका ५ जनालाई अबको केन्द्रिय समितिमा समावेश गर्ने निर्णय गरेको छ । यद्दपी त्यो निर्णयलाई साधारण सभामा लगेर पास गर्नुपर्ने छ ।
लामो समयदेखि दुई एनओसीबीच मान्यताका विषयलाई लिएर विवाद चल्दै आएको छ । राष्ट्रिय मान्यता प्राप्त एनओसीका अध्यक्ष रुक्म शम्सेर राणालाई एनओसीको मानार्थ अध्यक्षमा मनोनित गर्ने, उनकै समितिमा रहेकालाई दुई जनालाई मानार्थ उपाध्यक्ष र दुई जनालाई मानार्थ सदस्यमा मनोनित गर्ने निर्णय गरिएको श्रोतले जनायो ।
श्रेष्ठ अध्यक्ष रहेको एनओसीमार्फत नेपालका सबै अन्तर्राष्ट्रिय सम्बन्ध र सहभागिता भइरहेको भएपनि सर्वोच्च अदालतको फैसलाका आधारमा राणा अध्यक्षको एनओसीको अस्तित्व रहि आएको छ । राणा पक्षले प्रशासनको सहयोगमा दुई वर्षअघि सातदोबाटोस्थित एनओसी भवन कब्जामा लिएको थियो । पछि पुनः श्रेष्ठ नेतृत्व एनओसीकै मातहतमा भवन रहदै आएको छ ।
४ संघलाई मताधिकार दिने प्रस्ताव अस्वीकृत
सोही बैठकमा चार नयाँ संघलाई एनओसीको एसोसिएट सदस्यसहित मताधिकार दिने अध्यक्ष श्रेष्ठको प्रस्ताव अस्वीकृत भएको बताएको छ ।
यसरी प्रस्ताव गरिएका संघमा टासी घले अध्यक्ष रहेको नेपाल गल्फ संघ, ठाकुर गैरे अध्यक्ष रहेको नेपाल रोइङ संघ, भुवन पाठक अध्यक्ष रहेको आइस हक्की संघ र राजेन्द्र श्रेष्ठ अध्यक्ष रहेको नेपाल प्यान्टाथोलन संघ रहेका थिए ।
छलफलका क्रममा तीन संघ रोइङ, आइस हक्की र प्यान्टाथोलनलाई एसोसिएट सदस्य दिने प्रक्रिया पुरा नभएका कारण स्वीकृति दिनेमा सहमति हुन सकेको श्रोतले जनायो ।
गल्फ संघको हकमा भने पहिला एसोसिएट सदस्य दिइसकेको भए मताधिकार दिने निर्णय भएको बताइएको छ । एनओसीमा हाल २६ एसोसिएट सदस्य संघहरुको मात्र मताधिकार रहेको छ ।
एनओसीमा मताधिकार भएका २६ संघ
फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्याष्टिक, ह्यान्डबल, हक्की, जुडो, र्याफटिङ एन्ड केनोइङ, शुटिङ, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र कराते महासंघ,
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]