6 years ago
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा तेस्रो पटक आयोजना हुन लागेको १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जानकारी गराएको छ ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई दिने प्रतियोगिताको सम्पुण्र्उा तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता बिहीवारदेखि आइतवारसम्म हुने भएपनि मुख्य प्रतिस्पर्धा साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुनेछ । प्रतियोगितामा दक्षिण एसियाका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धा समेत समावेश छ । जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ । शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र सो भन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा एक(एक स्पर्धा हुनेछ। यसैगरि महिला एथ्लेटिक फिजिक्स र महिला मोडलफिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ।
यस्तै प्रतियोगितामा शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफी समेत सार्वजनिक गरिएको छ। विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, एनबीबीएफएका अध्यक्ष श्रेष्ठले उक्त ट्रफी सार्वजनिक गरे ।
प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ ५ खेलाडी गरी नेपालबाट कुल २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २ अफिसिलय रहनेछन् । प्रतियोगितामा करिब १३० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको लागि दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई भारतीय रुपैयाँ ७ लाख सहयोग प्रदान गरेको छ । प्रतियोगिताको लागि १ करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ ।
।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]