6 years ago
July 20, 2019
काठमाडौं(हाम्रो खेलकुद)- भारतका रविन्द्र कुमार मल्लिक १२औं दक्षिण एसियाली बडिबिलिडिङ एण्ड फिटनेस च्याम्पियनसिपमा ओभरअल च्याम्पियन बनेका छन् ।

शुक्रवार र शनिवार राजधानीमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बडि बिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मल्लिक ओभरअल च्याम्पियन बन्न सफल भएको हो । उनी मिस्टर साउथ एसिया घोषित हुदै १५ किलोग्रामको ट्रफी हात पारे ।
विभिन्न ९ तौल समूहका स्वर्णविजेताबीच ओभरअल च्याम्पियनसिपमा लागि प्रतिस्पर्धा हुने भएपनि अन्तिम चरणमा दुई तौल समूहका स्वर्ण विजेता खेलाडी पूर्ण रुपमा फिट नरहेको भन्दै आयोजकले ७ तौल समूहका विजेतालाई मात्र प्रतिस्पर्धा गराएको थियो । ओभरअलमा नेपालबाट एक खेलाडी मात्र रहेपनि उनले जित्न सकेनन् ।
१२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।
पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते ।

च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते ।
पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । यस्तै ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए । जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते ।
पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए । यस्तै पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे ।
यस्तै पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमीमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे । ८ राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिपमा अफगानिस्तान सबैभन्दा धेरै अंक जोड्दै टिम च्याम्पियन बन्न सफल भयो । घरेलु टोली नेपाल दोस्रो र भारत तेस्रो भयो । अफगानिस्तानले ५३५ अंक जोड्यो । यस्तै नेपालले ४४५ र भारत ३८८ अंक प्राप्त गरेको थियो ।
नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसनको आयोजनामा भएको दुई दिने च्याम्पियनसिपमा बडिबिल्डिङ र फिजिक्स (पुरुष र महिला) तर्फ गरी विधिन्न १८ विधामा प्रतिस्पर्धा गराइएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]