6 years ago
August 13, 2019
काठमाडौं (हाम्रो खैलकुद)-विभागीय नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा एकै दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

मरु बैङक्वेटमा सोमबारबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्न्याचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ केजीका साथ कुल १३५ केजीका साथ तीनै विधामा किर्तिमान बनाएकी हुन् ।
यसअघि उनकै नाममा ५८, ७५ र १३३ केजीको किर्तिमान रहेको थियो । उनले आठौं राष्ट्रिय खेलकुदमा उक्त कीर्तिमान राखेकी हुन् । यस तौलमा उनी एक मात्र खेलाडी रहेकी थिइन् ।
यस विधाको जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४०, क्लिन एण्ड जर्कमा ५० गरि कुलमा ९० केजी उठाइन् । यस्तै एपीएफकी पल्लभी कुमारी चौधरीले ४०, ४८ केजी गरि कुल ८८ केजीका साथ रजत जितिन् ।
ग्लोबल बिएसएस लिमिटेड सप्तरीकी पुजा मण्डलले ३७ र ४२ केजीका साथ कुल ७९ केजी भार बहन गर्दै कास्य जितिन् ।
महिला सिनियर ४५ केजीमा सेनाकी रीता गुरुङले क्लिन एण्ड जर्क र कुलमा गरि दुई राष्ट्रिय किर्तिमान कायम गरिन् । उनले क्लिनमा ६२ केजी भार बहन गर्दै किर्तिमान बनाएकी हुन् ।
यस्तै स्न्याचमा ४२ केजी भार बहन गरेकी उनले कुलमा १०४ केजीका साथ किर्तिमान कायम गरिन् । गुरुङले स्वर्ण हात पारिन् । यस्तै दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्न्याचमा ४७ केजीका साथ कीर्तिमान बनाइन् । उनले क्लिनमा ५६ केजीसहित कुल १०३ केजी भार बहन गरिन् । तेश्रो स्थानमा बर्दियाकी हिरामोती थारु रहिन् । उनले स्न्याचमा ३०, क्लिन एण्ड जर्कमा ४५ गरि कुल ७५ केजी भार बहन गरिन् ।
यस तौल समूहमा रीता गुरुङकै नाममा स्न्याचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको कीर्तिमान थियो । रीताले यो किर्तिमान आठौं राष्ट्रिय खेलकुदमा राखेकी थिइन् ।
४५ केजी जुनियर महिलातर्फ ग्लोबल बिएसएए लिमिटेड सप्तरीकी काजल सदाले स्वर्ण पाइन् । उनले स्न्याचमा २७ र क्लिनमा ३७ गरि कुल ६४ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी दाङकी संजना चौधरीले ३० र ३२ केजीका साथ ६२ केजी भार उचालिन् ।
५५ केजीको सिनियर तर्फ नेपाल पुलिसकी देवी कुमारी चौधरीले स्वर्ण हात पारिन् । उनले स्न्याचमा ६० किल्न एण्ड जर्कमा ८२ गरि कुल १४२ केजी भार उचालिन् । दोश्रो स्थानमा रहेकी सेनाकी गौरी चौधरीले स्न्याचमा ५० र क्लिनमा ५८ गरि १०८ तथा तेश्रो भएकी एपिएफकी लिला राईले स्न्याचमा ३०, क्लिनामा ४० गरि कुल ७० केजी भार बहन गरिन् ।
यस्तै सिनियरतर्फ कै ५९ केजी तौलमा स्न्याचमा सञ्जु चौधरीले ७१ केजी भारका साथ कीर्तिमान बनाइन् । यसअघि यस विधामा सेनाकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान रहेको थियो । कमलाले आठौ राष्ट्रिय उक्त कीर्तिमान बनाएकी थिइन् । यस्तै ६४ केजी तौलमा नेपाली सेनाकी सारदा चौधरीले स्नाचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको कीर्तिमान राखिन् ।
राष्ट्रिय कीर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा नै ६६ केजी भारका आफ्नै नाममा रहेको ६३ केजीको कीर्तिमानमा सुधार गरेको प्रतियोगिता संयोज तथा आयोजक संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए । थापाले आठौमा कीर्तिमान बनाएकी थिइन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश कुमार सिलवालले उद्घाटन गर्दै यस प्रतियोगितालाई आगामी बर्ष देखि रातो कितावमा पार्न पहल गर्न पहल गर्ने बताए । यस्तै सदस्य सचिव सिलवालले ओलम्पियन खेलाडीको स्मृतीमा आयोजना गर्ने यस्ता प्रतियोगितालाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा लानुपर्ने भन्दै संघका पदाधिकारीहरुसँग बसेर त्यसको पहल गर्ने बताए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]