6 years ago
August 24, 2019
प्रकाश तिमल्सिना
काठमाडौं –राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अन्ततः नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ‘इन्ट्री’ मारेका छन् । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले निर्वाचनका बेला गरेको सहमति पालना गरेपछि तिम्सिनाको एनओसी यात्रा पक्का भएको थियो ।

राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनका लागि समय दिन पटक पटक आलटाल गरेपछि शाहले तिम्सिनालाई सहयोग लिएका थिए । तिम्सिनाको पहलपछि चैत २४ गते संघको निर्वाचन हुँदा शाह दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैको गुण तिर्ने क्रममा शाहले तिम्सिनालाई संघको उपाध्यक्ष बनाए र एनओसीको साधारण सभामा मताधिकारसहितको प्रतिनिधि बनाएर पठाएका छन् । एनओसीको निर्वाचन भदौ २० गते हुँदैछ । सम्भवतः तिम्सिना एनओसीको पदाधिकारीमा पनि आउनेछन् ।
चार वर्षअघि यहि एनओसीको निर्वाचन रोक्नका लागि एनओसीको मान्यता नपाएका संघहरुका पदाधिकारीलाई अदालत जाने क्रममा साथ दिएका तिम्सिना अन्ततः संघको प्रतिनिधिका रुपमा एनओसी छिर्न सफल भएका छन् । त्यति बेला अदालतमा परेको मुद्दाका कारण एनओसीको निर्वाचन एक महिना पछि सरेको थियो ।
राखेप पदाधिकारी भएर एनओसी पुग्ने तिमल्सिना पहिलो व्यक्ति भने होइनन् । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ राखेपको सदस्य सचिव भएका बखत १२ वर्षअघि जुडोको प्रतिनिधित्व गर्दै एनओसीको महासचिव निर्वाचित भएका थिए । राखेप भन्दा एनओसी तुलानत्मक रुपमा कम विवादित र विदेश यात्राका लागि आकर्षक थलो मानिन्छ ।
त्यसैले खेलकुदमा सक्रिय हुने पदाधिकारी दीर्घकालका लागि खेलकुदमा रहि रहन पनि एनओसी पुग्नका कसरत गर्छन् । तिम्सिनाले यसअघि पटक पटक प्रयास गरेपनि सफल भएका थिएनन् । यसपटक भने माहोल उनका पक्षमा बनेको छ । प्रधानमन्त्री केपी ओली निकटका तिम्सिना गत वर्ष दोस्रो पटक राखेप उपाध्यक्षमा नियुक्त भएका थिए । कुनै बेला एनओसी अध्यक्ष श्रेष्ठसँग छत्तिसको आंकडा रहेका तिम्सिना अहिले उनीसँग निकट भएको बताइन्छ ।
एथलेटिक्सका अध्यक्ष शाहले तिम्सिनालाई प्रतिनिधित्व पठाएको स्वीकार गरेका छन् । ‘हामी सरकारसँग विवाद गरेर अघि बढ्द सक्दैनौं । हाम्रो निर्वाचनका बेलामा उहाँको सहयोग रह्यो,’ उनले भने, हाम्रा बीचमा केहि सहमति थियो । त्यसै अनुरुप मैले हामीले उहाँलाई पठाएका हौं । ‘
संघको बैठक बसेर निर्णय गर्नुभएको हो भन्ने प्रश्नमा शाहको जवाफ थियो, ‘छलफल भएको थियो । केहि असहमति त जहाँ पनि हुन्छन् । अधिकांश साथीहरुको सहमति थियो । सहमतिकै आधारमा हामीले पिताम्बर जीलाई पठाएका हौं । एथलेटिक्समा उहाँको उपस्थितिले फाइदा पुग्छ भन्ने विश्वास छ ।’
एथलेटिक्स संघबाट यसअघि सञ्जिव तुलाधरले प्रतिनिधित्व गरेका थिए । उनी अहिले एनओसीका सदस्य छन् । सरकार र एनओसीबीच समन्वयकारी भूमिका निर्वाह गर्न र खेलकुदका सबै विवादको अन्त्यका लागि एनओसीको साधारण सभाको प्रतिनिधि भएको राखेप उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।
‘ हिजो र आजमा परिस्थिति बदलिएको छ । दुई वटा एनओसीको विवाद अन्त्य हुने क्रममा छ । संघका विवाद पनि अन्त्य हुने सम्भावनाहरु छन् । संघहरुको विवाद समाधानका लागि मेरै संयोजकत्वमा समिति छ ,’ उनले भने,’ त्यस हिसाबले पनि एनओसीमा म जानु उपयुक्त भन्ने साथीहरुको भनाई अनुसार म गएको हु । सरकार र राखेपको प्रतिनिधित्वको हिसाबले पनि मेरो उपस्थिति एनओसीमा रहेको बुझ्न सकिन्छ ।’
एनओसीमा जानका लागि अन्य संघहरुबाट पनि प्रस्ताव आएको दाबी गर्दै उपाध्यक्ष तिम्सिनाले एथलेटिक्स संघलाई प्रतिनिधि बनाएकोमा संघ र अध्यक्ष शाहलाई धन्यवाद दिएका छन् ।
तिम्सिनाले एनओसीमा सर्वसम्मत पदाधिकारी बन्ने अवस्था आए आफु त्यसका लागि तयार रहेको उल्लेख गर्दै उनले भने, ‘म निर्वाचन नै लड्ने मनस्थितिमा छैन । सर्वसम्मतको माहोल बन्छ र साथीहरुले मेरो आवश्यता देख्नुहुन्छ भने म त्यसमा तयार छु ।’
एनओसीको २० गते हुने निर्वाचनले १९ जनाको कार्यसमिति चयन गर्नेछ । १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सहायक महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र ७ सदस्यका लागि निर्वाचन हुनेछ । अध्यक्ष श्रेष्ठ र एनओसीका पूर्व उपाध्यक्ष एवंम् हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनओसीका २७ एसोसिएट सदस्यका प्रतिनिधिले निर्वाचनमा मतदात गर्नेछन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]