default_image

5 years ago

August 26, 2019

एनओसी चुनाव : तिम्सिना, विष्टलगायत ११ ले उपमहासचिव माथि जान नमिल्ने

प्रकाश तिमल्सिना काठमाडौं – राजनीतिक नियुक्तीबाट खेलकुद क्षेत्रमा प्रवेश गर्ने पदाधिकारीको अर्को गन्तव्य नेपाल ओलम्पिक कमिटी (एनओसी) हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य देखि सदस्य सचिवको नियुक्ती एक पटकका लागि ४ वर्षको हुन्छ । दोस्रो पटक नियुक्ती हुने मौका कमैले पाउँछन् । एनओसी नेपालको हकमा त्यस्तो खेल संस्था हो जहाँ लामो […]

30 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – राजनीतिक नियुक्तीबाट खेलकुद क्षेत्रमा प्रवेश गर्ने पदाधिकारीको अर्को गन्तव्य नेपाल ओलम्पिक कमिटी (एनओसी) हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य देखि सदस्य सचिवको नियुक्ती एक पटकका लागि ४ वर्षको हुन्छ ।

दोस्रो पटक नियुक्ती हुने मौका कमैले पाउँछन् । एनओसी नेपालको हकमा त्यस्तो खेल संस्था हो जहाँ लामो यात्रा गर्न सम्भावना रहन्छ । देश भित्रको खेलकुद गतिविधिमा कम सक्रिय रहेर पनि अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गर्ने अवसर पटक पटक पाइने हुनाले पनि खेलकुद पदाधिकारीको लक्ष्य ओलम्पिक प्रवेश हुने गरेको छ । यद्दपी, एनओसी जानेको दाबी भने नेपाली खेलकुद विकासमा आफुले भूमिका निर्वाह गर्न सक्ने भएकाले जान चाहेको हुने गरेको छ ।

यसैक्रममा ११ दिनपछि हुने एनओसी निर्वाचनमा सम्बन्धित खेल संघबाट आउने २७ प्रतिनिधिको टुंगो लागिसकेको छ । त्यसमा ११ जना नयाँ अनुहार छन् । जो पहिलो पटक एनओसीको साधारण सभामा मताधिकारसहित प्रवेश हुँदैछन् । ११ मध्ये ८ जना खेलकुदमा कुनै न कुनै रुपमा सक्रिय रहेपनि ३ जनाको पृष्ठ भूमि भने पूर्ण रुपमा राजनीतिक छ ।

संघिय सांसद तुलसा थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिमल्सिना र राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्ट यसपटक एनओसी साधारण सभाका हेभिवेट प्रतिनिधिमा पर्छन् । तीनै जना नेकपासँग आबद्ध छन् । खेलकुदमा यी तीनै जनाको प्रवेश राजनीतिक आधारमा नै भएको छ ।

त्यसो त संघिय सांसद समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको एनओसी प्रवेश पनि राजनीतिक प्रभावकै आधारमा भएको थियो । तत्कालिन एमालेको नेताका रुपमा राखेपको सदस्य सचिव बनेकै बखत उनी एनओसीको महासचिवमा निर्वाचित भएका थिए । २ कार्यकाल महासचिव रहेका उनी अहिले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठको एनओसी यात्रा १२ वर्ष पुरा भइसकेको छ ।

थापा कबड्डी संघ, तिम्सिना एथलेटिक्स संघ र विष्ट उसुको प्रतिनिधि हुन् । उनीहरु बाहेक पहिलो पटक एनओसी साधारण सभामा भाग लिनेमा भलिबलका मनोरञ्जन रमण शर्मा, तेक्वान्दोका प्रकाश थापा, साइक्लिङका गोपाल सुन्दर कक्षपति, आर्चरीका रमेशप्रसाद शिवाकोटी, बास्केटबलका होम दोङ, गल्फका टासी घले, बक्सिङका राम अवाले र फुटबलका दीर्घबहादुर केसी (कुमार)छन् ।

दोस्रो वा त्यो भन्दा बढी एनओसी साधारण सभामा भाग लिनेमा कुस्तीबाट समिम मिया अन्सारी, ह्यान्डबलका तेज गुरुङ, सुटिङ पुष्पदास श्रेष्ठ, स्कीबाट जीवनराम श्रेष्ठ, हक्कीबाट उमेशलाल श्रेष्ठ, ट्रायथलनबाट निलेन्द्रराज श्रेष्ठ, जुडोबाट दीपकहर्ष ब्रजाचार्य छन् ।

त्यस्तै करातेबाट पुरेन्द्रविक्रम लाखे, र्याफिटङ एन्ड क्यानोइङबाट राजीव श्रेष्ठ, जिम्यानिष्टिकबाट ध्रुबबहादुर प्रधान, ब्याडमिन्टनबाट रामजीबहादुर श्रेष्ठ, टेनिसबाट ज्योति राणा, भारोत्तोलनबाट रतन टण्डन, फेन्सिङबाट सुनीलकुमार श्रेष्ठ, पौडीका अशोक बज्राचार्य र टेबलटेनिसका चतुरानन्द राजवैद्य पनि दोस्रो वा त्यो भन्दा बढी पटक साधारण सभामा भाग लिँदैछन् ।

अध्यक्षमा दावेदारी प्रस्तुत गरेका उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ

नयाँले सदस्यदेखि उपमहासचिव सम्ममात्र
राखेपमा कार्यकारी जिम्मेवारी सम्हालिसकेका केशवकुमार विष्टले वर्तमान उपाध्यक्ष पिताम्बर तिम्सिना लगायत ११ जनाले सिमित पदाधिकारी वा सदस्य भन्दा माथिल्लो पदमा उम्मेदवारी दिन पाउने छैनन् ।

एनओसीको अध्यक्ष देखि उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रत्यासी बन्नका लागि कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसकेको हुनुपर्ने वैद्यानिक व्यवस्था छ । त्यसअर्थ तिम्सिना र विष्टले माथिल्लो उम्मेदवारी दिने हुँदा पनि .उप महासचिव भन्दा माथि दिन पाउने छैनन् ।

भदौ २० गते हुने निर्वाचनमा १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव र १ एक कोषाध्यक्षका लागि नयाँ ११ प्रतिनिधिले उठ्न पाउने छैनन् । यी ८ पदकका लागि पुराना १६ जनाले मात्र उम्मेदवारी दिन पाउनेछन् । १ उप महासचिव, ३ सचिव र ७ सदस्यमा भने पहिलो पटक प्रतिनिधि बनेकाले पनि मनोनयन दर्ता गर्न पाउने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

राखेपका पूर्व सदस्य सचिव विष्टले एनओसी कार्यसमितिमा जाने की भूगोलको राजनीतिमा सक्रिय हुने अझै तय भइनसकेको बताएका छन् । ‘म एउटा पार्टीको कार्यकर्ता भएको हिसाबले खेलकुदमै रहेर अघि बढ्ने वा राजनीतिमा सक्रिय हुँदै भूगोल फर्कने तय हुन बाँकी छ ,’ उनले भने,’ पार्टीका नेताहरुसँग छलफल गरेपछि मात्र एउटा निर्णयमा पुग्नेछु । भविष्यमा एनओसीलाई नेतृत्व दिनुपर्छ वा खेलकुदमै रहनुपर्छ भन्ने भयो भने एनओसीमा यो कार्यसमितिमा आउन पनि सक्छु । ‘

अर्को तर्फ राखेप उपाध्यक्ष तिम्सिनाले भने उम्मेदवारी दिने सम्भावनालाई अस्वीकार गरेनन् । ‘भविष्यका एनओसीको नेतृत्वमा जाने हिसाबले अहिले एउटा जिम्मेवारी लिएर जाने सम्भावना पछि छ । त्यसो हुँदा अहिले सदस्यमा मात्र पनि बस्न सकिन्छ, ‘उनले भने,’ अहिले तय भइसकेको छैन । खासमा सर्वसम्मतिको लागि प्रयास गर्दा आफु नपर्ने अवस्था हुँदा पनि केहि छैन । आवश्यकता अनुसार अघि बढ्नेमा छु । ‘

यसैबीच, एनओसीको नयाँ कार्यसमितिका लागि मंगलबार मनोनयन पत्र दर्ताको समय तोकिएको छ । निर्वाचन समितिले बिहान १० बजेदेखि दिउँसो २ बजे सम्मका लागि मनोनय दर्ताको समय तोकेको छ ।

एनओसी निर्वाचनका लागि विभिन्न २७ संघका प्रतिनिधि ।





एनओसी निर्वाचन तालिका ।

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

Success

Thank you for your time.