default_image

4 years ago

February 1, 2020

क्यान्सरविरुद्ध वृहस्पतिमा वाकाथन

काठमाडौं (हाम्रो खेलकुद) – वृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथन आयोजना गरेको छ । वृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन वाकाथनको आयोजना गर्ने गर्दछ । यसपटक ३ किलोमिटरको वाकाथन आयोजना भएको थियो । जसमा वृहस्पतिका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, राई स्कुलका शिक्षक, विद्यार्थी र सुकल्प इन्टरनेसनलका कर्मचारीगरी करिव २ […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथन आयोजना गरेको छ ।

वृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन वाकाथनको आयोजना गर्ने गर्दछ । यसपटक ३ किलोमिटरको वाकाथन आयोजना भएको थियो । जसमा वृहस्पतिका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, राई स्कुलका शिक्षक, विद्यार्थी र सुकल्प इन्टरनेसनलका कर्मचारीगरी करिव २ सय जनाले ३ किलोमिटर वाकाथन गरेका थिए । वाकाथनको वृहस्पतिका प्रिन्सिपल कुमार थापाले उद्घाटन गरेका थिए ।

वाकाथन वृहस्पतिको प्राङ्गणबाट शुरु भइ सानो गौचरण, कालोपुल, हाँडीगाँउ, टंगाल हुदै विद्यालय हातामा आएर टुंगिएको थियो । उद्घाटन अघि ह्याम्स अस्पतालका सिनियर क्यान्सर विशेषज्ञ डाक्टर अरुण शाही, ह्यामसकै डाक्टर दिव्य मित्तल र क्यान्स अस्पतालका डाक्टर अन्जली पण्डितले क्यान्स लाग्नुका कारण, समाधान र खानपिनका बारेमा प्रकाश पारेका थिए ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.