5 years ago
July 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनु अधिकारीलाई नेपाली कांग्रेसको खेलकुद विभागले सम्मान गरेको छ । खेलकुद विभागले नुवाकोटको नेपाली कांग्रेस पन्चकन्या गाँउपालिका वडा नं ४ मार्फत अनुलाई सम्मान गरेको हो ।

अनु पन्चकन्याकी स्थायी बासिन्दा हुन् । कांग्रेस खेलकुद विभागका सदस्य राजु कडेलले शनिबार काठमाडौंमा अनुलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । गत वर्ष मंसिरमा स्वेदशमा आयोजना भएको १३ औं सागमा अनुले करातेको कुमुतेमा स्वर्ण पदक जितेकी थिइन् । कांग्रेसको खेलकुद विभागले केहि दिन अघि पत्रकार सम्मेलन गर्दैै सागका स्वर्ण पदक विजेतालाई सम्मान गर्ने घोषणा गरेको थियो ।
एसियाली खेलकुदको समेत अनुभव बटुलिसकेकी अनु अहिले ओलम्पिकको तयरीमा जुटेकी छिन् । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक छनोटका लागि उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले छात्रबृति प्रदान गरेको छ ।

ओलम्पिकमा पहिलो पटक करातो समावेश गरिएको छ । जापानको टोकोयोमा यो वर्ष हुनुपर्ने ओलम्पिक कोभिड १९ कारण अर्को वर्षलाई सरेको छ । दीपक श्रेष्ठको प्रशिक्षणमा अनुसँगै ओलम्पिकको छनोट का लागि नविन रसाइलीले केहि साता अघि बाट अभ्यास थालेका थिए ।
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]