5 years ago
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विगतमा लामो समय विवादमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद औपचारिक रुपमै अन्त्य भएको सन्देश बिहीबार बसेको ११ औं बार्षिक साधारण सभा दिएको छ ।

एक दशक भन्दा लामो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी दोहोरो अस्तित्व गरेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको नेतृत्व संघिय सांसद समेत रहेका जीवनराम श्रेष्ठले गरिरहेका छन् । राष्ट्रिय मान्यता प्राप्त एनओसीको रुक्मशम्सेर राणा अध्यक्ष थिए ।
श्रेष्ठ सभापत्विमा भएको साधारण सभामा राणाले भाग मात्र लिएनन् एनओसीको मानार्थ अध्यक्षका रुपमा सफलताको शुभकामना समेत दिए । भर्चुअल साधारण सभामा राणाले नेपाली खेलकुदका अभिलेखहरु संकलन र संरक्षण गर्न सुझाव दिए ।
सन् २००७ मा साधारण सभामार्फत नेतृत्व हस्तान्तरण गरेपनि पछि एनओसीमा विवाद परेको थियो । त्यसपछि सर्वोच्चको एउटा निर्णयले राणाको नेतृत्वमा रहेको एनओसीलाई पुर्नस्थापित गरेको थियो । पूर्व अध्यक्ष ध्रुबबहादुर प्रधानले नेतृत्व गरेको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता थियो ।

सोही एनओसीमा गत वर्ष श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । गत वर्षको साधारण सभाले पूर्व अध्यक्षलाई एनओसीको मानार्थ अध्यक्ष राख्ने वैधानिक व्यवस्था गरेको थियो । सोही अनुरुप राणा र प्रधान एनओसीका मानर्थ अध्यक्ष रहेका हुन् ।
सभाले महासचिव निलेन्द्रराज श्रेष्ठले प्रस्तुत गरेको गतिविधिको विरण समेटिएको प्रतिवेदनलाई पास गरेको थियो । त्यस्तै अध्यक्ष श्रेष्ठले पेश गरेको आर्थिक नियमावली र कर्मचारी निमावलीलाई पनि साधारण सभाले अनुमोदन गरेको एनओसीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को आर्थिक प्रतिवेदन र सन् २०२१ को अनुमानित बजेट सर्वसम्मत बाट पारित भएको बताएको छ । अर्को वार्षिक साधारण अर्को कात्तिक १९ र २० गते गर्ने निर्णय भएको छ ।

त्यसअघि प्रमुख अतिथि रहेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले एनओसीले कोभिड को महामारीमा पनि विभिन्न अनलाइन तालिम तथा प्रशिक्षणहरु संचालन गरेमा प्रशंसा गरे । महामारीमा पनि सधारण सभा आयोजना गरेकोमा उनले एनओसीलाई बधाई दिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले सभाको सफलताको कामना गर्दे, अहिले अवस्थामा नेपाल सरकारको प्रोटोकल लाई ध्यानमा राखी खेलकुदका कार्यक्रमहरु संचालन गरिने जानकारी दिए ।
मानार्थ अध्यक्ष प्रधान सभाको सफलता तथा वर्तमान परिस्थितिमा कसरी खेलकुद लाई अगाडि बढाउने भन्ने सल्लाह तथा सुझाव दिए । ओलम्पियन दीपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष श्री देवेन्द्र सुवेदी, एनओसीका सल्लाकार तथा पूर्व खेलकुद मन्त्री शरतसिंह भण्डारीले सभाको सफलताको शुभकामना दिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]