5 years ago
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगञ्ज म्याराथनमा पुरस्कार राशीमा बृद्धि गरिएको छ । यो वर्षको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

गत वर्ष भन्दा यो वर्षको विजेताले पाउने रकममा २० हजार रुपैयाँले बृद्धि गरिएको आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष एवंम् म्याराथनका टिम लिडर टीएस ठकुरीले शनिबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापन तथा केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा शुद्ध तोरीको तेलको मुख्य प्रायोजनामा मंसिर ६ गते शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्र रुपमा अघि बढेको आयोजक संस्थाले जनाएको छ ।
पुरुष म्याराथनमा शीर्ष ८ र महिला हाफ म्याराथनमा शीर्ष ६ मा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । यसपटक म्यराथनमा दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ बताइएको छ ।
एक्सन एड नेपालको साझेदारी पछि आयोजकले म्याराथनको नारा ‘बाँच्नका लागि हिडौं’ तय गरेको छ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गरिदै आएको छ ।
नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको यसअघि नै जानकारी गराएसकेको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जनाएको अध्यक्ष ठकुरीले बताए ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकका रुपमा रहेका छन् । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ ।

दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद, एनओसी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु म्याराथनमा विगतमा जस्तै साथ दिएको आयोजकले जनाएको छ ।
कोरानो महामारीका कारण यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्डमा विशेष ख्याल गरिने बताइएको छ । दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न समेत आयोजकले अनुरोध गरेको छ ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतका इभेन्ट्समा कटौती गर्दै पुरुष म्याराथन, महिला हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्र राखिएको जनाएको छ ।
नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।
त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]