5 years ago
November 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा समावेश गरिएको करातेको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीलाई मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित खेलकर्मीले संयुक्त रुपमा खेल सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनले ओलम्पिक छनोटको तयारीमा रहेका २ खेलाडी र प्रशिक्षकलाई केल्मीको ब्याग, ट्रयाकसुट र जुत्ता प्रदान गरेका हुन् ।

छनोटमा सहभागी हुनेमा १३ औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र नवीन रसाइली छन् । आठौं र नवौंका स्वर्ण पदक विजेता रहेका श्रेष्ठ १३ औं सागका प्रशिक्षक पनि हुन् । सागकै प्रदर्शनका आधारमा नेपाल ओलम्पिक कमिटीले अनु र नवीनलाई ओलम्पिक छनोटको प्रशिक्षणमा सामेल गराएको थियो ।
गत वर्ष वर्षबाटै ओलम्पिक छनोटका लागि तयारी सुरु गरिएपनि कोरोना महामारीले विश्वलाई नै प्रभाव पारेपछि सन् २०२० मा आयोजना हुनुपर्ने ओलम्पिक अर्को वर्षका लागि सारिएको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]