5 years ago
January 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कार्यकालको सफलताको कामना गर्दै खेलाडीका लागि तत्काल केहि पहल लिनका लागि ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्री लामालाई बधाई दिन सिंहदरबारस्थित उनकै मन्त्रालयमा पुगेको थियो । ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएकोले तत्काल त्यो विषयमा सम्बोधन गर्न संघले मन्त्रीलाई आग्रह गरेको छ ।
चार वर्षदेखि सरकारले आफु मातहतको राष्ट्रिय खेलकुद परिषद्मार्फत ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् ।
प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको खबरलाई संघले सकारात्मक पहलका रुपमा लिएको पनि जनाएको छ ।
संघले ध्यानाकर्षणमा भनेको छ, ‘कार्यविधिले तयार भइसकेपछि प्रोत्साहन भत्ताका लागि खेलाडीले पुनः संघर्ष गर्नुपर्ने छैन भन्ने विश्वास संघले लिएको छ । कार्यविधि मस्यौदा तयार पार्ने क्रममा समितिले सम्बन्धित खेलाडी संघ छलफल गराउने वातावरण निर्माणका लागि मन्त्री ज्यूले आवश्यक निर्देशन दिनुहुनेछ भन्नेमा पनि संघ आशावादी छ ।’
अघिल्लो आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन प्राप्त प्राप्त गर्दै आएका थिए ।
संघले प्रोत्साहन भत्ता कटौती नहुने गरि कार्यविधि तयार हुनेमा पनि विश्वास व्यक्त गरेको छ । संघले सागका रजत र कास्य पदक विजेता खेलाडीका लागि समेत प्रोत्साहन भत्ताको प्रबन्ध कार्यविधिमा समेटिनेमा संघ आशावादी रहेको जनाएको छ ।
संघले मन्त्रीलाई नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल गर्न, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र प्रशिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका लागि वातावरण तयार पार्न र मन्त्रालयबाट गठित कार्यविधि मस्यौदा समितिले सम्बन्धित खेलाडीहरुसँग छलफल गर्ने वातावरण मिलाइदिनका लागि समेत आग्रह गरेको छ ।



December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]