default_image

3 years ago

January 15, 2021

हाम्रो खेलकुदकर्मी बोहोरा पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– पाँचथरका हाम्रो खेलकुद डटकमका संवाददाता दिपक बोहोरा स्व. प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृति भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको शुक्रबार भएको साधारण सभाका दौरान बोहोरालाई सम्मान गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले बोहोरालाई सम्मान पत्रसहित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाँचथरका हाम्रो खेलकुद डटकमका संवाददाता दिपक बोहोरा स्व. प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार २०७ बाट पुरस्कृति भएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको शुक्रबार भएको साधारण सभाका दौरान बोहोरालाई सम्मान गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले बोहोरालाई सम्मान पत्रसहित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

८ वर्षदेखि पत्रकारिता गर्दै आएका बोहोरा बोहोरा हाम्रो खेलकुद डटकमको स्थापनाकालबाटै पाँचथर संवाददाताका रुपमा कार्यरत छन् । पुरस्कृत भएपछि बोहोराले भने,‘ पत्रकारले पुरस्कारका लागि भनेर कर्म गर्दैन । तर व्यवसायिक संगठनले मुल्याङ्कन गर्दै दिएको पुरस्कारले व्यवसायिक खेल पत्रकारिताका अझै राम्रो गर्नका लागि थप हौसला मिलेको बताए ।’

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.