काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण शनिबार ऐतिहासिक सहर कीर्तिपुरको जखामा हुने भएको छ ।

स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको विकास गर्ने उद्देश्यका साथ संघले सिरिजको पहिलो संस्करण टोखामा आयोजना गरेको थियो ।
प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने संघले जनाएको छ । त्यस्तै चौथो संस्करण टोखा, पाँचौ चोभारमा हुनेछ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ बताइएको छ ।
प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समूदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको विकास गर्दै राज्यलाई आर्थिक टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
कोभिड १९ बाट बिश्वनै अक्रान्त भईरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग प्रतिरोध क्षमता अभिबृद्धि गर्न सिरिजले सहयोग पुग्ने विश्वास संघले लिएकोसंघका महासचिव युवराज सुनुवारले बताए ।