default_image

3 years ago

January 23, 2021

क्रस दुवाथलन सिरिज – अच्युत र करिशा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अच्युत कृष्ण खरेल र करिशा महर्जन क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा विजयी भएका छन् । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा कीर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा २.५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ्ग र १.३ किलोमिटर दौडको क्रस दुवाथलन ३७ मिनट २७ सेकेन्डमा पूरा गर्दै अच्युतले पहिलो स्थान प्राप्त गरेका हुन् […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अच्युत कृष्ण खरेल र करिशा महर्जन क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा विजयी भएका छन् ।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा कीर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा २.५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ्ग र १.३ किलोमिटर दौडको क्रस दुवाथलन ३७ मिनट २७ सेकेन्डमा पूरा गर्दै अच्युतले पहिलो स्थान प्राप्त गरेका हुन् । उनले जिम्बु थकालीको तर्फ २ हजार रुपैयान् बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार रुपैयाँ बराबरको फ्रि सर्भिसिङ्ग भौचर प्राप्त गरे ।

स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्दैैै नव प्रतिभाहरुलाई ट्राईयाथलन खेल संग आवद्ध गर्ने र खेल समूदायको विकास गर्ने उद्देश्यले आयोजना गरिएको च्याम्पियनसिपको महिला तर्पm एक मात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ विजय प्राप्त गरिन् । उनले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।

यस्तै पुरुष तर्फ ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । दोश्रो हुने खेलाडीले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १ हजार ५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे । यसका साथै प्रत्येक विजयी खेलाडीले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

विजयी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश कुमार महर्जन, कीर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कृत गरे ।

सिरिजको पहिलो संस्करण काठमाण्डौको टोखामा आयोजना भएको थियो । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । त्यस्तै चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुने बताइएको छ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना गर्ने संघको लक्ष्य छ ।

April 16, 2024

केएनपी नेरोलेक महिला भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको‌ आयोजना यसै महिना राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २०७० सालदेखि आयोजना भएको प्रतियोगिताको‌ यस अघि ६ संस्करण भइसकेको छ। सातौ संस्करण वैशाख १२ देखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुनेछ। प्रतियोगितालाई‌ केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ। केएनपिएका कन्ट्री‌ हेड मनोजकुमार […]

April 15, 2024

राष्ट्रपति रनिङ सिल्डमा पलेशाले दीप प्रज्ज्वलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा मंगलबार हुने राष्ट्रपति रनिङ उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देवु थापा, कमलबहादुर […]

April 14, 2024

६ खेलाडी आइओएफसटिसीका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि छनोट भएका छन् । कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि आइतबार ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट भएका हुन् । कोटेश्वर […]

Success

Thank you for your time.