5 years ago
February 14, 2021
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम पोखरामा आइतबार बिहानै देखि चलिरहेको थियो । बिहानको करिब ११ बजेको समयमा कार्यक्रमको उद्घाटन सत्र राखिएको थियो ।

उद्घाटन समारोहमा राखेप सदस्य सचिव रमेशकुमार सिलवालसहित राखेपका दुई सदस्य गण्डकी प्रदेश राजेश गुरुङ र सम्पन्न श्रेष्ठ थिए । युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधी, अभिमुखीकरणका लागि आएका प्रशिक्षक लगायत गण्डकी प्रदेशमा रहेका जिल्लाहरुको प्रतिनिधित्व हुने नै भयो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि गठन भएको राखेपमा गण्डकीका गुरुङ र श्रेष्ठ सदस्य मानोनित भएका थिए । गुरुङ तेस्रो र श्रेष्ठ पहिलो पटक राखेप सदस्य भएका हुन् । सदस्य मनोनित भएयता उनी उनीबीच सम्बन्ध राम्रो नभएको प्रदेशमा चर्चाको विषय बन्दै आएको छ ।
उद्घाटनमा स्वागत मन्तव्य राख्दै राखेप सदस्य श्रेष्ठले पोखरामा पहिलोे पटक राम्रो कार्यक्रम आएको बताउँदै अन्तिममा ‘सक्नु हुन्छ अघि बढ्नुस सक्नु हुन्न रिस नगर्नुस’ भन्दै विदा भए । केहि समय पश्चात अर्का सदस्य गुरुङले आफ्नो भनाइ राख्ने क्रममा कार्यक्रमको बारेमा भन्दा बढि सदस्य श्रेष्ठ र पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मामाथि निकै खेदो खने ।
गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आफ्नो पालामा आयोजना गरेको गरेको बताउँदै अघि नमस्कार गर्ने र पछाडि भने छुरी रोप्ने काम गरेको सुनाए । आक्रोशित हुदैँ गुरुङले ‘सक्नु हुन्छ भने अघि आएर नै गर्नुस् होइन भने पछाडि लाग्ने काम नगर्नुस । यहि मञ्चमा समेत हुनुहन्छ त्यसता व्यक्ति’ गुरुङले श्रेष्ठ प्रति शब्दको संकेत गरे ।
गुरुङले केहि व्यक्ति आफुलाई राखेप सदस्यबाट हटाउने खेल खेल्न खोजेको आरोप लगाए । ‘मलाई सदस्यबाट हटाउन समेत खोजियो । ३ पटक बोर्ड सदस्य भएको म कसले सक्छ हटाउन ? २–३ महिना बोर्ड सदस्य नरहँदा निकै खेल खेलेपनि केहि गर्न नसकेको उनको धारण थियो ।
एक खेलकुदकर्मीका अनुसार श्रेष्ठ र गुरुङ बिच खटपट चलिरहेको छ । सागमा ८ खेल पोखरामा आयोजना भएको थियो । पोखरामा आयोजना भएको सागका विषयमा पनि छानविनको तयारी भएपनि पछि रोकिएको चर्चा खेलकर्मीबीच हुने गरेको छ ।
अभिमुखीकरण कार्यक्रम
अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी जम्मा १ सय ४९ जनाको सहभागिता रहेको छ ।

दुईदिने कार्यक्रमको उद्घाटन राखेप सदस्य सचिव सिलवालले गरेका थिए । सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल, राखेपका सदस्यत्रय राजेश गुरुङ, सम्पन्न श्रेष्ठ र रेणुका श्रेष्ठ, प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण केन्द्रका निर्देशक अर्जुन विकलगायतको उपस्थिति थियो ।
सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, १० औं सागअन्तर्गत करातेतर्फ एकल काताकी स्वर्णधारी सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस र सकुना देनीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिए ।
प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम पोखराको अन्तिम कार्यक्रम हो । बाँकी छ प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]