5 years ago
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सचिव रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

डेढ वर्ष खेलकुद मन्त्रालयमा बिताएका थपलियालाई युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा परिषद्, नेपाल स्काउटका पदाधिकारीले मंगलबार थपलियालाई विदाई गरे ।
सचिव थपलियाले युवा तथा मन्त्रालयको बसाई आफ्ना लागि सुखद रहेको बताएका छन् । उनले खेलकुद, स्काउट र युवा परिषद्का विभिन्न नीतिगत विषयमा सलग्न रहेको स्मरण गर्दै भने, ‘राष्ट्रिय खेलकुद विकास ऐनको दफावार छलफलमा सहभागी रहे, ऐन पास गर्नमा आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न पाउँदा खुसी छ । स्काउट र युवा परिषद्मा पनि केहि नीतिगत सुधार भएको छ ।’

कोभिड १९ कारण उत्पन्न कठीन परिस्थितिका कारण सोचे अनुरुप केहि योजना भने अधुरो रहेको सचिव थपलियाले बताए । खेलकुद ऐन पास भएपनि त्यो आफैमा पूर्ण छैन । यो बीचमा नियमावली बनाउन सकिएन, उनले भने, ऐनमा प्रदेश र जिल्ला खेलकुदको अवस्था के रहने भन्ने उल्लेख छैन । त्यसलाई प्रष्ट गर्न सकेको भए राम्रो हुन्थ्यो ।
खेलकुद मन्त्रालयमा नयाँ सचिवका रुपमा केदार न्यौपानेले जिम्मेवारी पाएको थपलियाले जानकारी दिए । न्यौपाने उपराष्ट्रपतिबाट खेलकुद मन्त्रालयमा सरुवा भएका हुन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]