default_image

3 years ago

February 21, 2021

सफलराम विश्व स्की च्याम्पियनसिपका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)– सफलराम श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट भएका छन् । च्याम्पियनसिपको स्लालोम छनोट चरणमा सहभागीमध्ये ४४ औं स्थानमा रहँदै सफलराम अन्तिम चरण पुग्न सफल भएका हुन् । शनिबार भएको छनोटमा एफआइएस ३३०.२१ अंक जोडेका थिए । च्याम्पियनसिपमा भाग लिन सफलराम झन्डै १० दिन अघि आयोजना स्थल पुगेका थिए […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सफलराम श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट भएका छन् ।


च्याम्पियनसिपको स्लालोम छनोट चरणमा सहभागीमध्ये ४४ औं स्थानमा रहँदै सफलराम अन्तिम चरण पुग्न सफल भएका हुन् । शनिबार भएको छनोटमा एफआइएस ३३०.२१ अंक जोडेका थिए । च्याम्पियनसिपमा भाग लिन सफलराम झन्डै १० दिन अघि आयोजना स्थल पुगेका थिए ।

छनोट दुई चरणमा भएको थियो । पहिलो चरणमा सहभागी १ सय १२ मध्ये दोस्रो चरणका लागि ५० खेलाडी छनोट भएका थिए । ६२ खेलाडीले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । पहिलो चरणमा ४९ औं स्थानमा रहँदै छनोट भएका सफलरामले दोस्रो चरणमा सुधार गरेका थिए ।

विश्व स्की संघको वेभसाइडमा उल्लेख भए अनुसार सफलराम दोस्रो चरणमा ४४ औं स्थानमा रहन सफल भएका थिए । सफलरामले आज मुख्य प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उनका बाबु समेत रहेको नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

दक्षिण एसियाली राष्ट्रबाट २ खेलाडी सहभागी थिए । जसमा भारतीय खेलाडी मोहम्मद आरिफ खानले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । अब दक्षिण एसियाबाट सफलराममात्र प्रतिस्पर्धा गर्नेछन् ।

April 24, 2024

आज न्यु डायमण्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज सुरु हुँदैछ । ४ टोलीको मात्र सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ । पहिलो खेल साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको खेल बिहान ११ः०० बजे सुरु हुनेछ । त्यसपछि उद्घाटन […]

April 23, 2024

केएनपी नेरोलेक महिला भलिबल– न्यु डायमन्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]

April 23, 2024

भुवनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर […]

Success

Thank you for your time.