default_image

3 years ago

February 28, 2021

खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौ (हाम्रो खेलकुद) – कमल खत्री खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट आइतबार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कारसँगै नगद ५० हजार रुपैयाले पुरस्कृत गरेको हो । यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् । जसमा प्रदेशतर्फ प्रदेश–१ का हिमाल खरेल, प्रदेश–२ का […]

30 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – कमल खत्री खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट आइतबार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कारसँगै नगद ५० हजार रुपैयाले पुरस्कृत गरेको हो ।

यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् । जसमा प्रदेशतर्फ प्रदेश–१ का हिमाल खरेल, प्रदेश–२ का रन्जनकुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी, लुम्बिनी प्रदेशबाट माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझाले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । प्रदेश १ खरेल हाम्रो खेलकुद डटकममा आबद्ध छन् ।

महिलातर्फ राष्ट्रिय समाचार समितिकी मुना कार्की खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भइन् । उनीहरु सबैले समान २५–२५ हजार प्राप्त गरे । सम्मानित सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरे ।

April 20, 2024

आस्था, कल्पना र तिर्सना विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं पिंक केयरएथन महिला दौडको १० किलोमिटरमा आस्था राउत, ५ किमीमा कल्पना घिमिरे र ३ किमीमा तिर्सना कुमारी विजयी भएकी छिन्। महिलाहरुको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा शनिबार काठमाडौंमा पिंक केयरएथन आयोजना गरेको हो । १० किमीमा मनिता घतामी दोस्रो र संगिता तामाङ्ग […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

Success

Thank you for your time.