default_image

5 years ago

March 15, 2021

गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

204 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा नियुक्त भएका छन् ।

गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । गुरुङ र नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दिएका थिए ।

गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम सदस्य सचिवमा नियूक्त गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता राम शरण बस्नेतले बताए ।

कास्की पोखरा महानगर पालिका वडा नं १६ अर्मला कोटका गुरुङ ह्याण्डबलका पूर्व खेलाडी र हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष हुन् । उनी पोखरा म्याराथनको आयोजक खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको पनि अध्यक्ष हुन् ।

गुरुङले सबैको सहयोग लिएर प्रदेश खेलकुदको विकासमा सक्रिय हुने बताए । उनले भने–’मैले सात बुँदे उद्धेश्य सहितका कार्ययोजना प्रदेश सरकारमा पेश गरेको छु ।’

गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नर देवी पुनको संयोजकत्वमा तीन सदस्यिय सदस्य सचिव छनोटका लागि समिती गठन गरेको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.