default_image

3 years ago

April 13, 2021

मञ्चद्वारा राणा सम्मानित र थापा पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ पत्रकार अजय राणालाई खेल पत्रकारिता सम्मान र मञ्चका सदस्य सञ्जय थापालाई सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मञ्चको मंगलबार भएको १६ औं वार्षिक साधारण सभामा उनीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । नेपालले केहि वर्षयता पुराना खेल पत्रकारलाई सम्मान गर्दै आएको छ […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ पत्रकार अजय राणालाई खेल पत्रकारिता सम्मान र मञ्चका सदस्य सञ्जय थापालाई सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

मञ्चको मंगलबार भएको १६ औं वार्षिक साधारण सभामा उनीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । नेपालले केहि वर्षयता पुराना खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । त्यस्तै ३ वर्षयता मञ्चले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनका रुपमा युवा खेलकुद पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । अनुजतर्फ सम्मानित थापाले ताम्रपत्र सहित ल्यापटप प्राप्त गरे । अग्रजतर्फ राणालाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरियो ।

साधारण सभाले महासचिव प्रज्वल ओलीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष अञ्जन खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । त्यस्तै साधारण सभाले संविधानको मर्म अनुसार मञ्चलाई संघीय संरचनामा लैजाने सैद्धान्तिक निर्णय गरेको छ । यस्तै, कार्यविधि निर्माणका लागि पूर्व अध्यक्ष निरञ्जन राजवंशीको संयोजकत्वमा ३ सदस्यीय कमिटि गठन गर्यो ।

यस्तै, बैठकले मञ्चको पुराना सदस्यतालाई व्यवस्थित गर्न महासचिव तथा संगठन विभाग प्रमुख प्रज्जवल ओलीको संयोजकत्वमा समिति गठन गरेको छ । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा एसोसियटबाट केन्द्रिय सदस्यमा निर्वाचित सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । विशेष अतिथीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवंम संघीय संसदका सांसद जीवनराम श्रेष्ठ, अतिथीहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य रहेका थिए ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.