default_image

3 years ago

April 20, 2021

पौडेलको अध्यक्षतामा खेलकुद महासंघको समानान्तर कमिटी गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघमा समानान्तर कमिटी गठन भएको छ । एमालेका झलनाथ खनाल र माधव नेपाल समूहको पक्षमा रहेको पुरुषोत्तम पौडेल अध्यक्ष रहेको महासंघ हुँदा हुँदै मंगलबार अर्को ५ सय ५१ सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षको मंगलबार राष्ट्रिय सभागृहमा […]

17 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघमा समानान्तर कमिटी गठन भएको छ । एमालेका झलनाथ खनाल र माधव नेपाल समूहको पक्षमा रहेको पुरुषोत्तम पौडेल अध्यक्ष रहेको महासंघ हुँदा हुँदै मंगलबार अर्को ५ सय ५१ सदस्यीय कमिटी गठन भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षको मंगलबार राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य सुवास श्रेष्ठ, गोविन्द भट्टराई, मानदेव हजारा, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, दीपेन्द्र दाहाल, विक्रम कट्वाल, सुदर्शन गुरुङ, ध्रुब आचार्य, चेतनराज गिरी र ओम प्रसाई चयन भएका छन् ।

सभाले नेपाल क्लाइम्बिङ संघका महासचिव मेघराज पौडेललाई खेलकुद महासंघको महासचिवको जिम्मेवारी दिएको छ । त्यस्तै महासंघको उप महासचिवमा राखेप कार्यकारी सदस्य नन्दा बस्याल, सान्ता माया परियार, प्रदीप खत्री, धर्म लामा लगायतका छन् ।

प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा उनी गएनन् । पूर्व मन्त्री कर्णबहादुर थापा र नेकपा एमालेका केन्द्रीय सदस्य लीलबहादुर थापाले भेलाकोसंयुक्त उद्घाटन गरे । कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङलगायतको उपस्थिति थियो ।

April 22, 2024

सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

Success

Thank you for your time.