default_image

3 years ago

April 22, 2021

स्पोर्टस् युनिभर्सको दोस्रो आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्टस् युनिभर्सले खेलकुदका विभिन्न ब्रान्डका सामाग्रीसहितको दोस्रो आउटलेट सुरु गरेको छ । स्पोर्टस् युनिभर्सले ६ वर्षअघि नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा सिटिजन बैंक रहेको भवनमा आफ्नो पहिलो आउटलेट सुरु गरेको थियो । सोही भवनको ग्राउन्ड फ्लोरमा दोस्रो आउट लेट सुरु गरिएको हो । कीर्तिमानी धावक जीतबहादुर केसी, वैकुण्ठ मानन्धर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्टस् युनिभर्सले खेलकुदका विभिन्न ब्रान्डका सामाग्रीसहितको दोस्रो आउटलेट सुरु गरेको छ । स्पोर्टस् युनिभर्सले ६ वर्षअघि नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा सिटिजन बैंक रहेको भवनमा आफ्नो पहिलो आउटलेट सुरु गरेको थियो । सोही भवनको ग्राउन्ड फ्लोरमा दोस्रो आउट लेट सुरु गरिएको हो ।

कीर्तिमानी धावक जीतबहादुर केसी, वैकुण्ठ मानन्धर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र कलाकार तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहल गरिरहेको धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका छन् ।

केसीले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) को पहिलोदेखि तेस्रो संस्करणमा म्याराथनमा लगातार ३ स्वर्ण जितेका थिए । उनको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अझै कायम छ । श्रेष्ठले आठौं र नवौं सागमा स्वर्ण पदक जितेका थिए ।

स्पोर्टस् युनिभर्स नेपाली ब्रान्ड गोल्ड स्टारसहित पिक, एक्सटेप, इरिक, युएसआई, निभिया र कोक्सटन्सको आधिकारिक विक्रेता हो । आउलेटमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, साइक्लिङ, तेक्वान्दो, कराते, बक्सिङ, टेबल टेनिस, ब्याडमिन्टन, किक बक्सिङ लगायतका सबै खेलका खेल सामाग्री पाइने स्पोर्टस् युनिभर्सले जनाएको छ ।

ओलम्पियन दीपक विष्ट, आत्मराम श्रेष्ठ, राजु अवस्थी किशोर जोशीले संयुक्त रुपमा स्पोर्टस् युनिभर्स सञ्चालन गर्दै आएका छन् । स्पोर्टस युनिभर्सले आवश्यकता अनुसार जर्सी र अन्य खेल सामाग्री समेत तयार गर्दै आएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै स्पोर्टस् युनिभयर्सले आफ्नो आउटलेट विस्तार र धेरै ब्रान्डका खेल सामाग्री एकै ठाँउमा उपलब्ध गराउने प्रयास स्वरुप दोस्रो आउटलेट सुरु गरेको बताएको छ ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.