default_image

3 years ago

May 9, 2021

मनाङेको मन्त्री पद १० दिनमै गयो

विजय नेपाली, पोखरा गण्डकी प्रदेश खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) पद मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए । मुख्य मन्त्री गुरुङले आइतबार राजीनामा दिएसँगै गण्डकी प्रदेशमा नयाँ सरकारका लागि आव्हान भएको छ । मनाङ ख बाट स्वतन्त्र […]

49 views

0 Bookmark

विजय नेपाली, पोखरा

गण्डकी प्रदेश खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) पद मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए । मुख्य मन्त्री गुरुङले आइतबार राजीनामा दिएसँगै गण्डकी प्रदेशमा नयाँ सरकारका लागि आव्हान भएको छ ।

मनाङ ख बाट स्वतन्त्र जित हासिल गरेका मनाङे पटि नेकपामा प्रवेश गरेका थिए । नेकपा फुटेपछि गण्डकी प्रदेशमा रहेको ओली गुटका मुख्य मन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङको सरकार ढल्ने निश्चित थियो । सोमबार गण्डकी प्रदेशमा अविस्वास प्रस्तावमाथि मतदान हुने भएपछि मुख्यमन्त्री गुरुङले आइतबार नै राजिनामा दिएका थिए । अविश्वासको प्रस्ताव पास हुने देखिएपछि एक दिन अघि नै उनले राजीनामा गरेका हुन् ।

मनाङका जनताले आफुलाई मुख्यमन्त्री कै पक्षमा रहन भनेको भन्दै प्रदेश सभासदस्य मनाङले मुख्यमन्त्रीको साथ दिएका थिए । साथ दिएसंगै मनाङेलाई नयाँ मन्त्रालय बनाइ कार्यभार सम्हाल्न दिइएको थियो । १० दिन अघि वैशाख १६ गेत मनाङेले पदभार सम्हालेका थिए । पदभारसम्हाले लगत्तै खेलकुद मन्त्री मनाङेले दुइ हप्तमै सरकार ढल्न सक्ने बताएका थिए ।

‘सरकार भनेको कामै छैन दुई हप्तामै जान सक्छ । मेरो सोच के छ भने दुई हप्ता भएपनि दुइचार ओटा काम गर्ने हो । जो नयाँ मान्छे आउँदा पनि त्यो काम गरोस न ।’ सत्ता पक्ष वा विपक्ष रोज्ने छुट हुदँ हुदैँ उनले सत्तापक्ष रोजेका थिए । यद्यपी उनी अब बन्ने सरकारमा पनि जान सक्ने आकलन गरिएको छ ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.