default_image

3 years ago

June 2, 2021

मञ्च झापाको सहयोग

बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो । मञ्च झापाका अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजीत मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण […]

31 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।

मञ्च झापाका अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजीत मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् । मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र ५० थान फेससिल हस्तान्तरण गरेको हो ।

संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिँदै मञ्चसँग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जीत प्रसाईं र कार्यसमिति सदस्य रञ्जीत परियारको सहभागिता रहेको थियो ।

हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एकजनाको निधन भएको र हाल पाँचजना होम आइसोलेसनमा रहेका छन् ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

Success

Thank you for your time.