5 years ago
June 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक तथा तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक बिद्या सागर पोखरेलको ६३ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ ।
नेपाली कुस्तीका पहिलो प्रशिक्षक पोखरेलको हृदयघातका कारण काठमाडौंको कीर्तिपुरस्थित निवासमै विहान ११ः३० बजे निधन भिएको राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी दिए । विहान खाना खाईरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केहि समयमानै उनको निधन भएको पारिवारले जनाएको छ ।
फुटबलका खेलाडीको रुपमा खेल जीवन सुरु गरेका पोखरेलले सन् १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण लिएका थिए । त्यसपछि उनी राखेपमा नियुक्त भएका थिए । उमेर हदका कारणकारण केहि वर्षअघि उनी राखेपबाट सेवा निबृत्त भएका थिए ।
उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए । उनले १९३३ का बंगलादेशको ढाकाबाट अन्तराष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए । पोखरेलले कुस्ती खेलको विकास र विस्तारमा क्रममा अनवरतरुपमा २६ बर्ष देखि कुस्ती संघको महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी कुस्तीका अन्तर्राष्ट्रिय निर्णायक तथा दक्षिण एसियाली कुस्ती महासंघका पूर्व महासचिव पनि थिए ।
२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]