default_image

3 years ago

June 10, 2021

लोकतान्त्रिक खेलकुद बागमतीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ विरुद्धको सहयोग अभियान अन्र्तगत काठमाडौं बुढानिलकण्ठ नगरपालिकामा क्यान्सर पिडित ८ वर्षिय बालकलाई एक महिनाको औषधउपचार सहित सोहि अवधिका लागि खाद्यन्न उपलब्ध गराएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का २९ वर्षिय युवकको कोभिडका कारण मृत्यु भएको र मृतकको परिवारलाई सहयोगको आवश्यक्ता परेको […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ विरुद्धको सहयोग अभियान अन्र्तगत काठमाडौं बुढानिलकण्ठ नगरपालिकामा क्यान्सर पिडित ८ वर्षिय बालकलाई एक महिनाको औषधउपचार सहित सोहि अवधिका लागि खाद्यन्न उपलब्ध गराएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का २९ वर्षिय युवकको कोभिडका कारण मृत्यु भएको र मृतकको परिवारलाई सहयोगको आवश्यक्ता परेको थाहा पाएपछि १ महिनाका लागि आवश्यक खाद्यन्नहरु समेत उपलब्ध गराएको छ ।

सहयोग अभियान अन्र्तगत, काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक तथा प्रहरी कार्यालयहरुमा मास्क, सेनेटाईजर, फेश शिल्ड, ग्लोबस लगायतका स्वास्थ समाग्रीहरु समेत वितरण गरेको छ ।

संघले यस अभियान निरन्तर जारी रहने र विशेष गरेर समस्यामा परेका खेलाडी तथा खेलकर्मीहरुलाई प्राथमिकतामा राखेर कार्य गर्ने समेत सघका अध्यक्ष दिपक गुरुङले बताएका छन् । सहयोग अभियानलाई काठमाडौं खेलकुद समाजले संयोजन गरिरहेको छ ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.