default_image

3 years ago

June 24, 2021

श्रेष्ठलाई खेलकुदसहित ५ मन्त्रालयको कार्यभार

काठमाडौं (हाम्रो खेलकुद) – कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्री परिषद् विस्तारमा परेका उप प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी गरेकोले उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई […]

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्री परिषद् विस्तारमा परेका उप प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी गरेकोले उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई तोकिएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार श्रेष्ठले युवा खेलकुद, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा समाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्नेछन् । प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्रको समेत कार्यभार तोकिएको छ ।

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ, गृहसहित ५, बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार तथा यातायातसहित ५ मन्त्रालय तथा लिलानाथ श्रेष्ठले कानुनसहित ६ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

April 20, 2024

सागका स्वर्ण पदक विजेता श्रेष्ठद्वय अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता दीपक श्रेष्ठ र विप्लभलाल श्रेष्ठ कनेक्टिकटको वेस्ट हार्डफोर्ड नगरपालिकाबाट सम्मानित भएका छन् । हार्डफोर्डकी मेयर सारी केन्टरले आफूहरुलाई प्रोक्लामेसन पत्रबाट सम्मान गरेको दीपक श्रेष्ठले जानकारी दिएका छन् । नेपाली ग्र्याजुयट विधार्थी संघ र रचित फाउन्डेसनका अध्यक्ष रिंकु श्रेष्ठको पहलमा हार्डफोर्डले […]

April 20, 2024

आस्था, कल्पना र तिर्सना विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं पिंक केयरएथन महिला दौडको १० किलोमिटरमा आस्था राउत, ५ किमीमा कल्पना घिमिरे र ३ किमीमा तिर्सना कुमारी विजयी भएकी छिन्। महिलाहरुको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा शनिबार काठमाडौंमा पिंक केयरएथन आयोजना गरेको हो । १० किमीमा मनिता घतामी दोस्रो र संगिता तामाङ्ग […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

Success

Thank you for your time.