default_image

3 years ago

July 17, 2021

पहिरोपिडितलाई एआरएनए म्याड्रिडको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– दसौं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता उसुकी झरना गुरुङ अहिले स्पेनमा बस्दै आएकी छिन् । उनी एनआरएनए म्याड्रिड स्पेनमा आबद्ध छिन् । उनी त्यो संस्थाको महिला संयोजक हुन् । एनआरएनए म्याड्रिड स्पेनले बाढी–पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोक हेलम्बुका स्थानीयलाई राहत सामाग्री वितरण गरिएको छ । गुरुङका अनुसार एनआरएनए म्याड्रिड स्पेनको […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दसौं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता उसुकी झरना गुरुङ अहिले स्पेनमा बस्दै आएकी छिन् । उनी एनआरएनए म्याड्रिड स्पेनमा आबद्ध छिन् । उनी त्यो संस्थाको महिला संयोजक हुन् ।

एनआरएनए म्याड्रिड स्पेनले बाढी–पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोक हेलम्बुका स्थानीयलाई राहत सामाग्री वितरण गरिएको छ । गुरुङका अनुसार एनआरएनए म्याड्रिड स्पेनको पहलमा स्पेनमा संकलित रकमबाट हेलम्बुका ११ घरपरिवारलाई प्रतिघर ११ हजार रुपैयाँ बराबरका खाद्यान्न, लत्ताकपडा, सोलरबत्ती, त्रिपाल, स्वास्थ्य सामाग्री लगायतका सामाग्री वितरण गरिएको हो ।

बाढी–पहिरोका कारण हेलम्बु गाउँपालिका गाउँ विपत्तिमा परेको छ । हेलम्बुका ग्रामिण क्षेत्रमा बाढी–पहिरो पिडित परिवार समक्ष अहिले सम्म पनि राहत नपुगेको भन्ने जानकारी पाएपछि एनआरएनए म्याड्रिड स्पेनकोे टिमले संकलन गरि पठाएको रकमबाट राहत सामाग्री पठाएको गुरुङले बताइन् । राहत सामाग्री वितरण गर्न उसु खेलाडीहरु सिन्धुपाल्चोकको हेलम्बु नै पुगेका थिए ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.