default_image

3 years ago

July 20, 2021

अमेरिकामा उत्सवले जिते दुई स्वर्ण

अमेरिका (हाम्रो खेलकुद)– अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकी राज्य टेक्सासमा भएको प्रतियोगितामा सिंहले दुई छुट्टा छुट्टै विधामा स्वर्ण जितेका हुन् । अमेरिकी पत्रिकाको आयोजनामा भएको कार्यक्रममा उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालिफाईएर कम्पिटिसन (प्राकृतिक प्रो योग्यता प्रतियोगिता) मा दुईवटा स्वर्ण पदक प्राप्त गरेका […]

21 views

0 Bookmark

अमेरिका (हाम्रो खेलकुद)– अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकी राज्य टेक्सासमा भएको प्रतियोगितामा सिंहले दुई छुट्टा छुट्टै विधामा स्वर्ण जितेका हुन् ।

अमेरिकी पत्रिकाको आयोजनामा भएको कार्यक्रममा उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालिफाईएर कम्पिटिसन (प्राकृतिक प्रो योग्यता प्रतियोगिता) मा दुईवटा स्वर्ण पदक प्राप्त गरेका हुन् । उत्सवले पुरुषहरूको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा प्रथम स्थान हासिल गरेका हुन् । स्वर्ण पदक सहित प्रो कार्ड प्राप्त गरेसँगै उनी अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् ।

टेक्सास राज्यको ड्यालसमा विगत ७ वर्षदेखि बसोबास गर्दै आएका उत्सावको पुर्ख्यौली घर बुटवल हो । ३४ वर्षिय उनले अगस्ट २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपिसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
उत्सवले नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए ।

नेपालमा शारीरिक सुगठनका अन्य खेल समेत उनले खेलेका छन् । भक्तपुरमा भएको अर्को प्रतिष्पर्धामा मिस्टर बडी बिल्डिङ अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेश्रो भएका थिए । उनले बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।

यसैबीच, खेल क्षेत्रको निम्ति प्रतिष्ठित पत्रिका मिस्टर हेल्थ एण्ड फिटनेश म्यागेजिनले सबैभन्दा बढी भोट आउने खेलाडीलाई म्यागेजिनमा फिचर्ड गर्ने भएपछि त्यसका निम्ति सिंह समेत प्रतिष्पर्धामा रहेका छन् ।अमेरिका, नेपाल देखि विश्वभरवाट अनलाइनमार्फत मत दिन सकिनेछ । अनलाइन भोटिङमा पनि उनले पहिलो चरण समेत पार गरिसकेका छन् ।

सबैभन्दा बढी मत पाउने खेलाडीले २० हजार अमेरिकी डलर सहित कभर पेजमा फिचर्ड हुने मौका पाउने म्यागेजिनले जनाएको छ । उत्सवका दाजु उज्ज्वल सिंहले निशुल्क रुपमा अनलाईन मार्फत मत दिन सकिने बताउँदैं सबैलाई मत दिनका निम्ति अपिल समेत गरेका छन् ।

March 27, 2024

एमेच्योर सदभाव शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)-  एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।  आज २अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।भुवनले आज १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।आज १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अण्डर ६९ को कार्ड तयार पारे।यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा आजको खेल पुरा गरे। समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन्। दुवैले आज ४-ओभर ७६ मा खेल पुरा गरे।लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक-एक सट बचाए।विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक-एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले। ८ लाख ४० हजार रुपैयाँ पुरस्कार  रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले ९६ र तेस्रो हुनेले ७२ हजार रुपैयाँ हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

March 27, 2024

इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ। सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने […]

March 25, 2024

प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा 

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाएका हुन्। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रवि […]

Success

Thank you for your time.