4 years ago
August 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई प्रायोजन गरेको छ । जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् ।

पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले प्याराल्याम्पिक्सका लागि वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् । पलेशासहित पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई केल्मीले खेल सामाग्री प्रायोजन गरेको जनाएको छ । पलेशाका साथमा टोकियो जानेमा प्रशिक्षक कविराज नेगी लामा, सेफ दि मिसन सरोज श्रेष्ठ र डाक्टर दीपक श्रेष्ठ छन् । प्यारालिम्पिक अवधिभर प्रयोग उनीहरुले प्रयोग गर्ने खेल सामाग्री केल्मीले उपलब्ध गराउने बताइएको छ ।
नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पारालिम्पिक कमिटीका सचिव विश्वास बस्नेतले बुधबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरे । केल्मीले पारालिम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको कामारुका निर्देशक उत्तम न्यौपानेले जानकारी दिए ।
पारालिम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल सामाग्री प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको थियो । देशभरमा केल्मीका १३ वटा आउटलेट छन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]